काठमाडौं:= हलिउड चलचित्र ‘स्पाई डर मेन : नो वे होम’ले बक्स अफिसमा दमदार कमाइ गरिरहेको छ । हाल सम्म आउँदा धेरै नै कमाइ गर्ने फिल्ममा परेको सञ्चारमाध्यममा उल्लेख छ । चलचित्रले विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ ।
क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन कमाइ गर्दै फिल्मले सोनीले बनाएका चलचित्रमध्ये अमेरिकाबाट सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको हो । शुक्रबारसम्मको आँकडा हेर्दा चलचित्रले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाएको छ जुन रेकर्ड हो ।
साथै यही चलचित्रले नेपालमा पनि दुई सातामै ५.८० करोडको कमाइ गरेको छ पिहिलो साता चलचित्रले नेपालमा ४.७० करोड ग्रस कमाएको थियो । विश्व बक्स अफिसमा चाहिँ चलचित्रले १ बिलियन डलरभन्दा बढी कमाइ गरेको भेराइटी म्यागेजिनले जनाएको छ ।
रिलिज भएको छोटो अवधिमा यो आँकडा छुनेमा पनि यो चलचित्र अगाडि छ । ‘स्पाई डर म्यान-नो वे होम’ सन् २०१७ मा आएको चलचित्र ‘स्पाई डर म्यान-होम कमिङ’ र सन् २०१९ मा आएको फिल्म स्पाई डर म्यान-फार फ्रम होम’ को सिक्वेल हो ।
प्रतिक्रिया लेख्नुहोस्:-