ब्राजिलियाः ब्राजिलको उत्तर-पूर्वी बाहिया प्रान्त र वरिपरिका ११६ सहरहरु डुबानमा परेका छन्। सो प्रान्तमा बाँध भत्किएको तीन दिन वितिसक्दा पनि करिब ११६ सहरहरु अझै डुबानमा परेका हुन्।
नोभेम्बर अन्तिमदेखिको निरन्तर वर्षापछि बाहिया प्रान्तमा केही दिनअघि दुईवटा बाँध भत्किएका थिए। सो बाँध भत्किएपछि र वर्षासँगै आएको बाढीपछि सो क्षेत्रमा मंगलबारसम्म २१ मानिसले ज्यान गुमाएका थिए भने करिब ३५८ मानिस घाइते बनेका थिए। बुधबारसम्म करिब ११६ शहरका करिब ४ लाख ७० हजार मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
सो बाढी र डुबानपछि प्रान्तीय सरकारले केही दिनसम्मको लागि संकटकाल घोषणा गरेको छ। सरकारी रिपोर्टअनुसार हालसम्म करिब ३५ हजार मानिस घरबारविहीन बनेका छन् भने ४३ हजार मानिस विस्थापित बनेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-