बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दिल्ली र मुम्बईमा संक्रमण तीव्र

सात दिनमा १० गुनाले वृद्धि, तेस्रो लहरको आशंका

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १९, २०७८ ११;५६ बिहान प्रकाशित
दिल्ली र मुम्बईमा संक्रमण तीव्र

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार राति नयाँदिल्लीस्थित रेस्टुराँ सञ्चालकलाई स्वास्थ्य मापदण्डबारे सचेत गराउँदै दिल्ली प्रहरी । तस्बिर : एपी

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नयाँदिल्ली — भारतका दिल्ली तथा मुम्बईमा कोभिड संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको छ । दिल्लीमा शनिबार संक्रमितको संख्या २ हजार ७ सय १६ पुगेको छ । पछिल्लो एक दिनमै एक हजार संक्रमित थपिएका छन् ।

पछिल्लो ७ दिनमा मात्रै संक्रमितको संख्या दिल्लीमा १० गुनाले वृद्धि भएको छ । दिल्लीमा डिसेम्बर २६ मा २ सय ९० जना संक्रमित थिए । लगातार २ दिन संक्रमण दर ०.५ भन्दा माथि पुगेपछि सरकारले विभिन्न सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ । ‘यलो अलर्ट’ जारी गर्दै मेट्रो तथा बसमा सिट संख्याको आधा मात्रै यात्रु हिँड्न पाउने, सिनेमा हल, पार्टी प्यालेस बन्द गर्नुका साथै रात्रिकालीन निषेधाज्ञा जारी गरिएको हो ।

नयाँ वर्षको पहिलो दिन सार्वजनिक तथ्यांकअनुसार संक्रमण दर ४ प्रतिशत पुग्न लागेको छ । यो अवस्थामा दिल्ली सरकारले सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाउन सक्ने जनाएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले थप प्रतिबन्धको अनिवार्य अवस्था आइसकेको बताएका छन् । दिल्लीमा धेरै संख्यामा गरिएको जिनोम परीक्षणबाट संक्रमितमध्ये ५० प्रतिशतमा ओमिक्रोन पाइएको छ ।

शनिबारसम्म भारतका २५ राज्यमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । दिल्ली र महाराष्ट्र सबैभन्दा बढी प्रभावित छन् ।

मुम्बईमा शनिबार ६ हजार ३ सय ४७ नयाँ केस थपिएका छन् । त्यहाँ पनि एक दिनको फरकमा एक हजार संक्रमित बढेका छन् । सक्रिय संक्रमितको संख्या २२ हजार बढी छ । संक्रमण बढ्न नदिन मुम्बईमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थलमा मानिसहरूको जमघटमा रोक लगाइएको छ । समुद्र किनार, पार्कलगायतका स्थानमा मानिसको जमघटमा रोक लगाइएको हो । त्यस्तै, संक्रमितको संख्या बढ्न थालेपछि कर्नाटक सरकारले सार्वजनिक यातायातको प्रयोग गर्नेलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएको प्रमाणपत्र बोक्नुपर्ने भनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या २२ हजार ७ सय ७५ थपिएको छ । उक्त अवधिमा ४ सय ६ जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट संक्रमितको संख्या १ हजार ४ सय ३१ छ ।

केन्द्र सरकारले कोभिडको ‘तेस्रो लहर’ को आशंका जनाउँदै सबै राज्य सरकारलाई शनिबार पत्र लेखेर स्वास्थ्यको आवश्यक तयारी तथा परीक्षणको संख्या बढाउन भनेको छ । पत्रमा अस्थायी कोभिड अस्पताल बनाउन, अस्पतालमा बेड थप्न, अन्य सुविधा बढाउन तथा थप सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!