गुप्तचरी विज्ञ डेमियन साइमनले प्राप्त गरेको भूउपग्रहीय तस्वीरमा चीनले पूर्वी लद्दाखमा रहेको पांगोङ तालमा पुल बनाइरहेको देखिएको छ ।
चिनियाँ भूमिमा पर्ने तालको एक भागमा पुल बनाइएको हो । उक्त पुलले तालका दुवै किनारालाई जोड्छ र चीनलाई सैनिक तथा भारी हातहतियार छिटो तैनाथ गर्न सहयोग गर्छ ।
पोहोर साल भारतीय सैनिकहरू पांगोङ तालको दक्षिणी किनारामा रहेको कैलाश रेन्जको चुचुरोमा पुगेका थिए । त्यहाँ उनीहरूले चिनियाँ सैनिकहरूको तुलनामा अग्रता प्राप्त गरेका थिए ।
यो पुल निर्माण भएपछि चीनले विवादित क्षेत्रमा थप सैनिकहरू तैनाथ गर्न अनेकौं बाटो उपयोग गर्न पाउँछ ।
सन् २०२० देखि भारत र चीनका ५० हजार सैनिकहरू पूर्वी लद्दाखको देप्साङदेखि देमचोकसम्म तैनाथ गरिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-