बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीलंका टाट पल्टिने संघारमा, २०२२ भित्र नै टाट पल्टिएको घोषणा हुन सक्ने त्रास

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस २०, २०७८ १५;०३ मध्यान्ह प्रकाशित
श्रीलंका टाट पल्टिने संघारमा, २०२२ भित्र नै टाट पल्टिएको घोषणा हुन सक्ने त्रास
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। पछिल्लो समय आर्थिक र मानवीय संकटसँग जुधिरहेको हाम्रो छिमेकी देश श्रीलंका २०२२ मै टाट पल्टिन सक्ने त्रास बढेको छ । यहाँ महंगी रेकर्ड स्तरमा बढेको छ । दैनिक उपभोग्य सामानहरु आम नागरिकको पहुँचबाट बाहिर पुग्न थालेका छन् । राज्यकोष लगभग खाली हुन थालेको छ । २०२२ मा श्रीलंका टाट पल्टिएको घोषणा भएमा आश्चर्य नहुने विज्ञहरुले बताएका छन् ।

श्रीलंका सरकारको नेतृत्व राजापाक्षे परिवारको हातमा छ । राष्ट्रपति गोटाबाया राजापाक्षेका आफ्नै दाजु महिन्दा राजापाक्षे प्रधानमन्त्री छन् । यहाँ कोभिड महामारी, पर्यटन उद्योग ठप्प हुनु, बढ्दो सरकारी खर्च र करमा कटौतीका कारण सरकारी राज्यकोष खाली भएको छ । यसका साथै उसको ऋण बढेको छ र ऋणको भुक्तानीको दबाब बढेको छ । विदेशी मुद्राको भण्डार ऐतिहासिक रुपले सबैभन्दा तल्लो स्तरमा छ ।

विश्व बैंकको अनुमान अनुमान अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म करिब ५ लाख जनता गरिबीको रेखामुनि पुगेका छन् । नोभेम्बरमा महंगी दर रेकर्ड ११.१ प्रतिशतमा पुगेको थियो । डिसेम्बरमा खानपिनका सामान २२.१ प्रतिशत महंगा भएका छन् । श्रीलंका अहिले दैनिक उपभोग्य सामानको कमीसँग जुधिरहेको छ । आयात गरेर दैनिक उपभोग्य सामानको आपूर्ति गर्न पैसाको अभाव छ ।

राजापाक्षे सरकारले आर्थिक आपतकालीन स्थितिको घोषणा गत वर्ष नै गरिसकेको थियो । सेनालाई अत्यावश्यक सामानको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो । यहाँसम्म कि चिनी र चामलको लागि सरकारी मूल्य निर्धारण गरिएको थियो तर यसबाट पनि मानिसहरुको समस्या कम भएनन् ।

बेलायती अखबार द गार्डियनसँग कुरा गर्दै श्रीलंकाको राजधानी कोलम्बोका एक ट्याक्सी ड्राइभर अनुरुद्दा परानागमाले गाडीको ऋण तिर्नको लागि ट्याक्सी चलाउने बाहेक अरु काम पनि गरिरहेको तर पनि अझै पैसा अपर्याप्त भएको बताए । उनले भने ‘मेरो लागि गाडीको ऋण तिर्नु निकै कठिन छ । बिजुली, पानी, खानपिनको खर्चपछि गाडीको पैसा तिर्नको लागि केही बाँकी रहँदैन । मेरो परिवारले ३ समयको सट्टा २ समय मात्रै खाना खान्छौं ।’

अनुरुद्दाले आर्थिक संकटको बारेमा बताउन एउटा उदाहरण दिए । उनले भने ‘मेरो गाउँको पसमा १ किलो पाउडर दुधको प्याकेट खोलेर १००–१०० ग्रामका साना प्याकेट बनाइन्छन् किनकि मानिसहरु १ किलोको प्याकेट किन्न सक्दैनन् । अहिले हामी १०० ग्राम गेडागुडी भन्दा धेरै किन्न सक्दैनौं ।’

पर्यटनबाट श्रीलंकामा विदेशी मुद्रा आउँथ्यो र जनताले रोजगारी पनि पाउँथे तर कोभिड महामारीले पर्यटन उद्योग ध्वस्त पारेको छ । वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार श्रीलंकामा २ लाखभन्दा धेरै जनताले पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका छन् । श्रीलंकाका स्थानीय अखबारको रिपोर्टअनुसार श्रीलंकाको पासपोर्ट कार्यालयमा लामो लाइन लागेको छ । यहाँका पढेलेखेका युवाहरु हरेक ४ जनामध्ये १ जना देश छोड्न चाहन्छन् ।

श्रीलंकाको केन्द्रीय बैंकका पूर्व उपगभर्नर डब्लुए विजेवर्दनाले आम मानिसको टकरावले आर्थिक संकट अझै गहिरिने चेतावनी दिएका छन् । उनले भने ‘जब आर्थिक संकट नियन्त्रणबाहिर जानेछ त्यसपछि स्थिति अझै खराब हुनेछ । खाद्य संकट पनि बढ्ने आशंका छ किनकि उत्पादन कम भइरहेको छ र आयातको लागि पैसा छैन । यस्तो स्थितिमा मानवीय संकटबाट बच्नु मुस्किल हुनेछ ।’

श्रीलंकाको अर्थव्यवस्थाको सबैभन्दा ठूलो समस्या बढ्दो विदेशी ऋण हो । श्रीलंकामाथि चीनको ५ अर्ब डलरभन्दा धेरै ऋण छ । गत वर्ष श्रीलंकाले आर्थिक संकटबाट बच्नको लागि एक अर्ब डलरको थप ऋण लिएको थियो । अब यो ऋण तिर्नुपर्ने बेला भएको छ । एक अनुमान अनुसार आगामी १२ महिनामा श्रीलंका सरकार र त्यहाँको निजी क्षेत्रले घरेलु र विदेशी ऋणको रुपमा ७.३ अर्ब डलर भुक्तानी गर्नुपर्नेछ । योमध्ये ५० करोड डलरको अन्तर्राष्ट्रिय सोभरेन बोन्ड पनि छ । यसको भुक्तानी जनवरीमै गर्नुपर्नेछ । अर्कोतर्फ गएको नोभेम्बरसम्म श्रीलंकासँग विदेशी मुद्रा भण्डार भने १.६ अर्ब डलर मात्रै बाँकी थियो ।

राजापाक्षे सरकारका मन्त्री रमेश पाथिरानाले इरानलाई तेल आयातको उधारो तिर्न पैसाको सट्टा चियान निर्यात गर्ने प्रयास भइरहेको बताएका छन् । उनका अनुसार श्रीलंकाले इरानलाई तेलको बदलामा हरेक महिना ५० लाख डलरको चिया पठाउने बताए । यसबाट विदेशी मुद्राको कमी पूरा गर्न सहयोग मिल्ने उनले बताए ।

श्रीलंकाका विपक्षी सांसद र अर्थशास्त्री हर्ष डिसिल्भाले हालै संसदमा भनेका थिए ‘यस वर्ष जनवरीमा श्रीलंकासँग कूल विदेशी मुद्रा माइनस ४३.७ करोड डलर हुनेछ जबकि फेब्रुअरीमा ऋण तिर्नको लागि ४.८ अर्ब डलर आवश्यक हुनेछ । यस्तोमा श्रीलंका पूर्ण रुपमा टाट पल्टिनेछ ।’ केन्द्रीय बैंकका गभर्नर अजिथ निर्वाद क्याबराले श्रीलंकाले विस्तारै विदेशी ऋण तिर्ने आश्वासन दिएका छन् तर बैंकका पूर्व उपगभर्नर विजेवर्देनाका अनुसार श्रीलंका डिफल्टर हुने पूरा खतरा छ र यसो भए यसको परिणाम निकै खराब हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!