काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ८७ हजार २ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ५१ हजार ७ सय २९ जनामा संक्रमण देखिएको थियो ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ५१ लाख ५ हजार ५ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ६० जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८२ हजार ६ सय ११ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २० हजार ४ सय ५२ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४३ लाख ४२ हजार २ सय ५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार ७ सय १४ रहेको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-