काठमाडौं। यात्रुवाहक बससँग कार ठोक्किएर भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको द्ध । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । दुर्घटनापछि बस पड्किएर आगोको गोला बनेको थियो । मंगलबार दक्षिण अफ्रिकाको दक्षिण पश्चिमी प्रान्त लिम्पोपोको एन १ रोडमा टोयोटा एसयुभी कार र २२ सिटे बसबीच ठक्कर भएको हो ।
यहाँको यातायात तथा सामुदायिक सुरक्षा विभागका एक प्रवक्ताले बताएअनुसार कारको टायर पड्किएपछि कार चालकले सन्तुलन गुमाउँदा दुर्घटना पाएको प्रारम्भिक जाँचमा पाइएको छ ।
डेलीस्टारका अनुसार यहाँको ट्राफिक पुलिसले सामाजिक संजालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ ‘बस विष्फोट भएर आगो लागेको थियो र बसभित्र भएका ११ जना बसभित्रै थुनिँदा जिउँदै जलेर मरे ।
एसयुभीमा चालक पनि दुर्घटनामा मारिएका छन् । ८ जना बाँच्न सफल भएका मध्ये ६ जनालाई गम्भीर चोट लागेको छ भने २ जनालाई सामान्य चोट लागेको छ ।’












प्रतिक्रिया लेख्नुहोस्:-