लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।
‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ,’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा हुने भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन । तर निर्माण युनिटले टिमले ढुक्क हुन भनेको छ’ विपिनले थपे ।
सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ । निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो । थुप्रै नेपाली फिल्म अभिनय गरेका विपिनले केही अगाडि ‘रेड सुटकेस’ फिल्म अभिनय सकाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-