काठमाडौं- उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्मबाट कम्तिमा सात आक्रमण गरेर ४ सय मिलियन डलर (करिब ४७ अर्ब नेपाली रुपैयाँ) चोरी गरेको एक अध्ययनमा दाबी गरिएको छ।
ब्लकचेन विश्लेषण कम्पनी च्यानालिसिसले साइबर अपराधीहरुका लागि उक्त वर्ष सबैभन्दा सफल रह्यो। आक्रमणकारीहरुले मुख्य रूपमा लगामी फर्म र केन्द्रिकृत एक्सचेन्जलाई लक्षित गरेर चोरी गरेका थिए।
‘२०२० देखि २०२१ सम्म ह्याक हुनेको संख्या चार वटाबाट सातवटामा पुगेको छ र यसबाट ह्याकरहरुले ४० प्रतिशत रकम बढोत्तरी गरेका छन् ‘ रिपोर्टमा भनिएको छ।
ह्याकरहरुले पैसा निकाल्नका लागि फिसिङ्ग ल्यूर, कोड चोरी र मेलवेयर सहित अन्य कयौं प्रविधिको प्रयोग गरेका थिए र त्यसबाट प्राप्त रकमलाई उत्तर कोरिया नियन्त्रित ठेगानामा स्थानान्तरण गरेका थिए।
क्रिप्टोकरेन्सी हट वालेट इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएको हुन्छ जसका कारण ह्याकिङको चपेटामा पर्ने गरेको छ।
त्यसको उपयोग क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्नका लागि गरिने गरिएको छ। उपयोगकर्ताहरुलाई उनीहरुसँग कति टोकन छ भनि थाहा पाउनका लागि हेर्नका लागि यो नेटवर्कसँग जोडिएको हुन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-