काठमाडौं। अक्षय कुमारको आगामी फिल्म बच्चन पांडेको सुटिङ भइरहेका बेला दुर्घटना भएको छ । उनको फिल्मको सेटमा आगो लागेको छ । फिल्मको कुनै प्याचवर्कको सुटिङ भइरहेका बेला यो घटना भएको हो । सेटमा आगो लागे पनि कुनै मानवीय क्षति भने नभएको बताइएको छ । रिपोर्टका अनुसार जुन सिनको सुटिङ भइरहेको थियो त्यसमा अक्षय कुमार र कृति सेननले काम गरिरहेका थिए ।
यो फिल्ममा अक्षय कुमार र कृति सेनन मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय एक गुण्डा नाइकेको भूमिकामा छन् जो अभिनेता बन्न चाहन्छ । कृति सेनन एक पत्रकारको भूमिकामा हुनेछिन् । अरशद वारसी पनि फिल्ममा छन् । यो यस वर्षको ठूलो फिल्म मानिएको छ । फिल्म मार्च २०२२ मा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म दक्षिण भारतीय फिल्म जिगरथण्डाको रिमेक हो । साउथ फिल्ममा बबी सिम्हा, सिद्धार्थ र लक्ष्मी मेननले काम गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-