जापान । यसअघिका सबै दैनिक कोरोना भाइरसका बिरामी पुष्टिको किर्तिमानी तोडिने क्रममा जापानमा जनवरी १८ तारिख ३२ हजार भन्दा धेरै कोभिड-१९ संक्रमित पाईएका छन् ।
सन् २०२१ को अगष्ट २० मा जापानमा यसअघि हालसम्मकै धेरै २५,९९२ जना कोभिड संक्रमित पुष्टि भएका थिए । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार मंगलबार साँझ साँडे ७ बजेसम्ममा देशभरमा ३२,१९७ भन्दा धेरै नयाँ संक्रमित पुष्टि भईसकेका छन् ।
एनएचके समाचार संस्थाका अनुसार कोरोना भाइरसबाट यो बिचमा ९ जना नयाँ संक्रमितको निधन भएको छ । पाचौं लहरको कोभिड महामारिलाई पार हुने क्रममा जापानमा ओमिक्रोन स्ट्रेनले बढाएको संक्रमण बृद्धि आगामी दिनमा झनै बढ्ने देखिएको छ ।
संक्रमितको बृद्धिसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढ्न थालेको जापानमा गम्भिर बिरामीको संख्यामा पनि तेज बृद्धि देखिएको छ । जापानमा हाल कोभिड संक्रमित २६१ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
जापानले कोभिड महामारी बढ्दै जाँदा अर्ध आपतकालिन उपाय लागू भएका प्रान्तहरु पनि बढाउन लागेको छ । ढिलोमा शुक्रबारसम्ममा थप एक दर्जन प्रान्तमा आपतकाल लगाउने भएको छ ।
यस बारेमा जापान सरकारले औपचारिक रुपमा बुधवार घोषणा गर्नेछ । जापानले यसअघिनै तीनवटा प्रान्तमा यसै महिनाको अन्त्यसम्म लागू हुनेगरि अर्ध आपतकाल घोषणा गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-