बैदेशिक पोष्ट
२०८२ असार १, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाले फाइभ जी इन्टरनेट सुरु गरेपछि विमान कम्पनीहरु चिन्तित, ठूलो संख्यामा उडान रद्द

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
माघ ६, २०७८ ११;३६ बिहान प्रकाशित
अमेरिकाले फाइभ जी इन्टरनेट सुरु गरेपछि विमान कम्पनीहरु चिन्तित, ठूलो संख्यामा उडान रद्द
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकामा नयाँ फाइभ जी सेवा विमानमा यात्रा गर्ने यात्रु र विमान कम्पनीहरुलाई निकै भारी परिरहेको छ । भारत समेत विश्वका कैयौं देशहरुबाट अमेरिका जाने र अमेरिकाबाट आउने हजारौं यात्रु र ठूलो संख्यामा उडानहरुमा यसको असर परेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार एयर इण्डिया सहित कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले बुधबार अमेरिकासँग सम्बन्धित उडानहरु रद्द गरिदिएका छन् ।

विमान कम्पनीहरुले यो फैसला लिँदै चेतावनी दिएका छन् कि फाइभ जी फोन सेवाका सिग्नलले विमानको नेभिगेसन सिस्टममा हस्तषेप गर्न सक्छन् । अमेरिकाका कैयौं विमानस्थलमा यो सेवा बुधबारदेखि सुरु हुँदैछ । एयर इण्डियाले ट्वीट गर्दै अमेरिकामा फाइभ जी सेवा लागू भएका कारण उसले १९ जनवरी २०२२ का उडानहरु रद्द गरेको जानकारी दिएको छ ।

जयन्त राज समस्याको सामना गर्ने यात्रुमध्ये एक हुन् । उनी बुधबार न्यूयोर्कबाट एयर इण्डियाको विमानमा दिल्ली आउनुपर्ने थियो । तर, यो उडान रद्द भइसकेको छ । उनले यसको जानकारी मंगलबार गरिएको ट्वीटबाट पाएको बताए । यस्ता कैयौं अरु यात्रीले पनि मिडियासँग आफ्ना समस्या साझा गरेका छन् ।

एयर इण्डियाबाहेक कैयौं अन्य एयरलाइन्सले पनि फाइभजी सेवा लागू भएका कारण उडान रद्द गरिएको जानकारी दिएका छन् । एमिरेट्स एयरलाइन्सले अमेरिकाका केही विमानस्थलमा फाइभ जी मोवाइल नेटवर्क सेवा लागू भएपछिका चिन्ताका कारण १९ जनवरीदेखि अर्को आदेश नहुँदासम्म बोस्टन, शिकागो, ड्यालस, मियामी, ओरल्याण्डो, सान फ्रान्सिस्को र सिएटलका उडान स्थगित गरिएको जानकारी दिएको छ ।

अमेरिकाका सबैभन्दा ठूला १० एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोवाइल फोन सेवा सुरु गर्ने विषयमा चेतावनी दिएका छन् । उनीहरुले यसबाट विमानको उडानमा ठूला बाधा उत्पन्न हुन सक्ने बताएका छन् । वेरिजोन र एटिएण्डटीको फाइभजी मोवाइल फोन सेवा बुधबारदेखि सुरु हुँदैछ । यही बीच यी कम्पनीहरुले केही विमानस्थलका केही टावरमा सेवा ढिलो लागू गर्ने विषयमा सहमत भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यो फैसलाको स्वागत गरेका छन् । एयरलाइन्स कम्पनीहरुलाई फाइभ जी नेटवर्कको सी ब्याण्डले विमानको नेभिगेसन सिस्टममा बाधा उत्पन्न गर्ने डर छ । यस्तो खासगरी खराब मौसममा हुन सक्छ । अमेरिकी उड्डयन प्राधिकरणलाई कम्पनीहरुले पहिले नै यसबारे पत्र लेखेर चेतावनी दिइसकेका छन् ।

अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स र युनाइटेड एयरलाइन्सका मुख्य कार्यकारी अधिकारी पनि चेतावनी दिनेमध्येका हुन् । उनीहरुले भनेका छन् ‘हवाइ यात्रीहरु, सामान परिवहन र मेडिकल सप्लाइको चेन र डेलीभरीमा कुनै किसिमको बाधालाई रोक्नको लागि यसमा तुरुन्त दखल दिनुपर्ने आवश्यकता छ ।’ मेडिकल सप्लाइमा खोप पनि पर्छ ।

बीबीसीले एयरलाइन्स कम्पनीले उड्डयन प्राधिकरणलाई लेखेको पत्र देखेको बताएको छ । यो पत्र परिवहन मन्त्री पिट बटेगेगका अलावा संघीय उड्डयन प्रशासनका प्रमुख, संघीय संचार आयोगका अध्यक्ष र राष्ट्रिय आर्थिक परिषदका निर्देशलाई पठाइएको छ । बीबीसीले स्रोतको हवाला दिँदै अमेरिकी सरकारमा उच्तम स्तरमा यस विषयमा छलफल भइरहेको र यसलाई निकै गम्भीर स्थिति बताइएको लेखेको छ ।

अमेरिकामा एयरलाइन्स कम्पनीहरुले ‘१९ जनवरी २०२२ मा उड्डयन नियामक संघीय उड्डयन प्रशासनले जुन विमानस्थललाई प्रभावित भनेको थियो ती विमानस्थलको रनवेको करिब २ माइलको दूरीसम्म फाइभ जी सिग्नललाई बाहिर राखियोस्’ भनेका छन् । उनीहरुले भनेका छन् ‘यदि यस्तो गरिएन भने फाइभ जीले उड्डयन उद्योगमा निकै खराब असर पार्नेछ जसबाट यात्रीहरु, सप्लाइ चेन, खोप वितरण र अर्थव्यवस्थामा असर पर्नेछ ।’

विमान बनाउने दुई ठूला कम्पनी बोइङ र एयरबसले पनि हालै यो चिन्ता उठाएका थिए । एयरलाइन्स कम्पनहिरुले भनेका छन् ‘विमान बनाउने कम्पनहिरुले हामीलाई जानकारी दिएका छन् कि विमानको लटमध्ये कैयौंलाई लामो समयसम्म गउण्डेड गर्नुपर्छ ।’ डेल्टा एयरलाइन्सका अनुसार उसले अरु एयरलाइन्ससँग मिलेर अमेरिकी सरकारसँग सुरक्षा तय नहुँदासम्म नयाँ सेवा लागू नगर्न माग गरिरहेको छ ।

डेल्टाका अनुसार रेडियो अल्टिमिटर एक अहम प्रविधि हो जो विमानका कैयौं गतिविधिहरुको जानकारी दिन्छ र पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउनको लागि जुन जानकारी आवश्यक हुन्छ त्यो उपलब्ध गराउँछ । अमेरिकाको उड्डयन नियामक एफएएले गत हप्ता भनेको थियो ‘विमानको रेडियो अल्टिमिटरमा फाइभ जीको दखलले ल्याण्डिङको क्रममा इन्जिन र ब्रेकिङ सिस्टममा अवरोध उत्पन्न गर्न सक्छ जसबाट रनवेमा विमान रोक्न बाधा आउन सक्छ । एफएएले आइतबार बताएअनुसार उसले दुई रेडियो अल्टिमिटर भएका मोडललाई स्वीकृति दिएको छ जो बोइङ र एयरबसका कैयौं विमानमा छ ।

मोवाइल कम्पनीहरुले फाइभ जी प्रविधि लागू गर्नको लागि आफ्नो नेटवर्क अपग्रेड गरेका छन् । यसमा अरबौं डलर खर्च भएको छ । यो प्रविधिबाट इन्टरनेटको गति तीब्र हुनेछ र कनेक्टिभिटी राम्रो हुनेछ । अमेरिकामा वायरलेस उद्योगको समूह सीटीआइएले फाइभ जी प्रविधि सुरक्षित भएको बताएको छ । समूहले विमान उद्योगमाथि तथ्यलाई तोडमोड गरेर डर फैलाएको आरोप लगाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!