बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न दिए निर्देशन, नेपालले कहिले दिने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
फाल्गुन २, २०७८ २०;१७ मध्यान्ह प्रकाशित
दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न दिए निर्देशन, नेपालले कहिले दिने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । पछिल्ला केही दिनयता एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिएका छन् । रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी सूचनालाई आधार बनाउँदै ती राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका हुन् ।

आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रहरुमा अमेरिका, इराक, जर्मनी, क्यानडा, बेलायत, अष्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड्स, जापान लगायत छन् ।

पछिल्ला महिनाहरुमा रुसले युक्रेनको सीमा नजिक ठूलो संख्यामा सैनिक र अत्याधुनिक हातहतियार तैनाथ गरेपछि आक्रमणको आशंका गरिएको हो ।

अमेरिका लगायत पश्चिमी देशहरुले अहिले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको र त्यो जुनसुकै बेला हुन सक्ने बताउँदै आएका छन् ।

रुसले भने पश्चिमी राष्ट्रहरुको भनाईमा सत्यता नभएको बताउँदै आएको छ । युक्रेनमाथि आक्रमण गर्ने कुनै तयारी नभएको रुसले बताएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार रुसले युक्रेनको सीमामा अहिले एक लाख २० हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ । युक्रेनको सीमामा ठूलो संख्यामा ट्याङ्क, लडाकु विमान समेत रुसले तैनाथ गरेको जनाइएको छ ।

युक्रेनलाई सहयोग गर्न पश्चिमी देशहरुले हातहतियार पठाइरहेका छन् । नेटोले पनि युक्रेनलाई सहयोग गर्ने जनाएको छ । अमेरिकाले त आफ्ना साढे ८ हजार सैनिकलाई हाई अलर्टमा राखेको छ ।

रुस र युक्रेनबीच युद्धको खतरा बढ्दै गएपछि पछिल्ला दिन आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रको संख्या बढ्दै गएको हो ।

अमेरिकाले युक्रेनको किवमा रहेको दूतावास खाली गर्ने तयारी गरेको छ । क्यानडाले पनि किवस्थित दूतावासमा रहेका आफ्ना नागरिकलाई पश्चिमी युक्रेनमा रहेको लिभिभमा सह।मा सार्ने घोषणा गरेको छ ।

यदि रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजारभन्दा बढी सर्वसाधरणले ज्यान गुमाउने चेतावनी अमेरिकाले दिंदै आएको छ । यसैकारण अहिले आफ्ना नागरिकलाई युक्रेन छोड्न बिभिन्न देशहरुले निर्देशन दिएका हुन् ।

शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरु गरिसकेको अवस्थामा युक्रेनमा नेपालीको अवस्था के छ रु कति नेपाली छन् रु भन्नेबारे न्युज कारखानाले परराष्ट्र मन्त्रालय समक्ष जिज्ञासा राखेको थियो ।

‘अहिलेसम्म यहाँ खतरा छ वा हामी खतरामा छौं भनेर युक्रेनबाट कसैले पनि सम्पर्क गरेको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘युक्रेनमा के कति नेपाली हुनुहुन्छ भन्ने हामी बुझ्दै छौं ।’

युक्रेनमा कति नेपाली कुन कुन स्थानमा छन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८\७९ सुरु भएपछिको ६ महिनामा १३५ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएका छन् ।

विभागका अनुसार साउनमा २२, भदौमा २५, असोजमा २५, कात्तिकमा ११, मंसिरमा २४ र पुसमा २८ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा युक्रेन गएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७५\७६ मा ८ जना, २०७६\७७ मा २४ जना र २०७७\७८ मा ५३ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएको देखिन्छ । पछिल्लो साढे तीन वर्षको अवधिमा वैधानिक बाटोबाट २२० जना नेपाली युक्रेन गएका छन् । तर यीमध्ये कति युक्रेनमा छन् र कति स्वदेश फर्किसके भन्ने तथ्याङ्क सरकारसँग छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!