जापानी विमान सेवा प्रदायक कम्पनी ‘जापान एयरलाइन्स कम्पनी’को चेक–इन प्रणालीमा गडबडी देखिएपछि बुधबार कम्पनीको घरेलु उडानमा ढिलाइ भएको छ ।
कम्पनीले बताएअनुसार टोकियोसमेत देशका अन्य स्थानमा रहेका विमानस्थलबाट उड्ने विमानको उडानमा ढिलाइ भएको छ ।
घरेलु स्तरमा हुने उडानको लागि बूकिङ गर्न र अन्तरराष्ट्रिय उडानको चेकिङ इनका लागि वेबसाइट हेर्न पनि यात्री र उपभोक्ताहरुले समस्याको सामना गर्नु परिरहेको बताइएको छ ।टोकियोस्थित हानेदा विमानस्थलमा कर्मचारीहरुले यात्रीहरुको चेक–इन प्रक्रिया हातैबाट गर्नुपर्दा एउटा विमान एक घन्टा ढिला उडेको थियो ।
यो समस्या बुधबार बिहान करीब ४ः३० बजेतिर देखिएको हो । कर्मचारीहरुले सिष्टम रिस्टोर गर्न र गड्बडी देखिनु कारण पत्ता लगाउन काम गरिरहेको पनि कम्पनीले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-