गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन् । डा.केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गरेका हुन् ।
उनले भनेका छन् युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं ।
रसिया र युक्रेनबीचको द्वन्द्वमा त्यहाँ रहेका नेपालीहरु त्रसित छन् । सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्वसाधारणको जीवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग सम्पर्क रहदै आएको डा. केसीले जनाए । केसीका अनुसार हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल छन् ।
डा। केसीले स्वयं नेपाली दुतावास जर्मनी, रसिया तथा गैर आवासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-