बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तिहारको बजार : के सस्तो, के महँगो ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
कार्तिक १६, २०७८ १८;५९ मध्यान्ह प्रकाशित
यम पञ्चक शुरु, भाइटीका कात्तिक २० गते ११:०२ बजे उत्तम साइत
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१६ कात्तिक, काठमाडौं । फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार मंगलबारदेखि शुरु भएको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ ।

तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै ठूलो हुन्छ । व्यापारीहरुका अनुसार यस वर्षको तिहारमा खाद्य वस्तुको मूल्यमा वृद्धि र ड्राइफ्रुटको मूल्य औसत देखिएको छ ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ कोरोना महामारी पछिको पहिलो तिहारको बजारमा खाद्य वस्तुको मूल्य बढ्ने प्रबृति देखिएको बताउँछन् । तिहारमा धेरै खपत हुने मैदा, पिठो र चिनीको मूल्य गत वर्षभन्दा बढेको उनले बताए ।

उनका अनुसार यसवर्ष मैदाको मूल्य बोरामा दुई सय रुपैयाँले बढेको छ । यसबाट प्रतिकिलो मैदाको भाउ गत वर्षभन्दा चार रुपैयाँ महँगो भएको छ । बजारमा ४६ रुपैयाँबाट बढेर मैदाको भाउ ५० रुपैयाँ किलो पुगेको संघले जनाएको छ । पिठोको भाउ पनि मैदा सरह नै भएको छ ।
तिहारमा अर्को धेरै खपत हुने चिनीको बजार भाउ गत वर्ष भन्दा किलोमा १५ रुपैयाँ बढेको छ । गत वर्ष औषत ७५ रुपैयाँ किलोमा खरिदबिक्री भएको चिनीको खुद्रा मूल्य अहिले औसतमा ९० रुपैयाँ पुगेको छ ।

तिहारमा धेरै खपत हुने खाने तेलको मूल्य त यस वर्ष दोब्बर भएको संघको विवरणमा देखिन्छ । गत वर्ष लिटरमा १३० रुपैयाँ हाराहारी पाईने खाने तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा धेरै छ ।

वर्ष मैदा प्रतिकिलो मूल्य पिठो प्रतिकिलो मूल्य चिनी प्रतिकिलो मूल्य खाने तेल प्रतिलिटर मूल्य
२०७७ ४६ ४६ ७५ १३०
२०७८ ५० ५० ९० २४०

स्रोत नेपाल खाद्य किराना व्यवसायी संघ
तिहारमा भाइमसलाको रुपमा धेरै खपत हुने किसमिस, नरिवल, छोकडा र ल्वाङ पनि महँगो भएको नेपाल खाद्य किराना व्यवसायी संघका महासचिव अमुलकाजु तुलाधर बताउँछन् । काजु, ओखर, सुकमेल, खमना फूल र ममफूलीको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको उनले बताए । तुलाधरका अनुसार छोकडा किलोमा एक सय रुपैयाँ, नरिवाल किलोमा ५० रुपैयाँ र किसमिसमा ५० रुपैयाँ पुगेको छ ।

वर्ष नरिवल प्रतिकिलो मूल्य काजु प्रतिकिलो मूल्य ममफुली प्रतिकिलो मूल्य ल्वाङ प्रतिकिलो मूल्य सुकमेल प्रतिकिलो मूल्य छोकडा प्रतिकिलो मूल्य किसमिस प्रतिकिलो मूल्य ओखर प्रतिकिलो मूल्य
२०७७ ४३० १४५० १६० ९०० ५८०० १६० ४५० ५००
२०७८ ४७५ १४५० २६० १२०० ४२०० २५० ४५० ५००

स्रोत : नेपाल खुद्रा व्यापार संघ

विद्युतिय सामग्रीको मूल्य बढ्यो
तिहारमा धेरै खपत हुने अर्को बस्तु विद्युतीय बत्तिको माग भने गत वर्ष जस्तो नभएको व्यवसायीहरुले बताएका छन् । सामान आयात गर्ने बेलामा कोरोनाको डर बढ्दा यसैपनि विद्युतीय बत्तिको आयात नै थोरै भएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।

‘कोरोनाको डरकाबीच चीन र भारत मै मूल्य वृद्धि र पानी जहाजको भाडा महँगो हुँदा यसवर्ष विद्युतीय सामग्रीको आयात घट्यो’, पौडेलले भने, ‘यसले गर्दा १५ प्रतिशतसम्म मूल्य वृद्वि भएको छ, बजारमा माग पनि पहिला जस्तो छैन ।’ यसवर्ष तिहारका लागि व्यवसायी र उपभोक्ता दुवै उत्साहित नदेखिएको उनको अनुभव छ ।

स्याउ सस्तो, सुन्तला महँगो
तिहारमा सबैभन्दा धेरै खपत हुने फलफूलमा स्याउ र सुृन्तला पर्छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकस समितिका अनुसार गतवर्षको तुलनामा यो वर्ष स्याउ निकै सस्तो छ भने सुन्तलाको मूल्य बढेको छ ।

गत वर्ष ९० रुपैयाँ किलो रहेको सुन्तलाको प्रतिकिलो मूल्य यो वर्ष १०५ रुपैयाँ छ । गत वर्ष २४० रुपैयाँ किलो औषत मूल्य रहेको झोले स्याउको मूल्य यो वर्ष १५५ रुपैयाँ छ । यस्तै गतवर्ष ३०० रुपैयाँ रहेको फुजी स्याउको मूल्य यसवर्ष २९० रुपैयाँ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!