काठमाडौं। राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्ति भएका पुष्पराज तिमिल्सिनाले गौरआवसीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सल्लाहकार पदबाट राजीनामा दिएका छन्।
तिमिल्सिनाले संविधानको व्यवस्थाअनुसार संवैधानिक पदमा नियक्ति हुनुअगावै राजनीतिक पार्टी तथा अन्य संघ-संस्थाको जिम्मेवारीबाट मुक्त हुनुपर्ने भएकाले सल्लाहकार पदबाट राजीनामा दिएका हुन्।
तिमिल्सिनाको बुधबार नै एनआरएनए अध्यक्ष कुमार पन्तलाई सम्बोधन गर्दै आफ्नो पदबाट राजिनामा दिएको जानकारी दिए। संवैधानिक परिषद्को गत बैशाख २६ गतेको बैठकले पर्वतका तिमिल्सिनालाई समावेशी आयोगको सदस्यमा सिफारिस गरेको थियो।
उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगको सदस्यका रुपमा नियक्ति गरेकी छन् भने बिहीबार नै पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको छ।
यसैगरी तिमिल्सिनाले नेकपा एमाले पार्टी सदस्यबाट पनि राजीनामा दिएकाे जानकारी दिए। उनी एमालेको पार्टी प्रवास कमिटीको युरोप प्रमुख थिए। आयोगको जिम्मेवारी स्वतन्त्र ढंगले निर्वाह गर्नका लागि पार्टी तथा अन्य संस्थागत जिम्मेवारीबाट राजीनामा दिएको तिमिल्सिनाले बताए। -डिसी नेपाल












प्रतिक्रिया लेख्नुहोस्:-