मोरङको रंगेलीमा चट्याङ पर्दा बुधबार एक युवाको ज्यान गएको छ।
रंगेली नगरपालिका ६ चोप्राहास्थित नेवा टोलमा चट्याङ पर्दा नेवा टोलका २३ वर्षिय नितेश रायको मृत्यु भएको छ। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो।
घर नजिकैको पिठारीको रूखमुनि बसिरहेको बेला बुधबार दिउँसो १ बजे चट्याङ पर्दा थप ४ जना घाइते भएका छन्।
घाइते हुनेमा २६ वर्षिय रविन मण्डल, ५५ वर्षिय अशोक मण्डल, १७ वर्षका विजय मण्डल र २५ वर्षिया संगीता यादव छन्।
उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-