काठमाडौं, असार १० गते । युवट्वमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ गरेको युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति प्रहरीले २९ वर्षी सुरेश तिमल्सिनालाई पक्राउ गरेको थियो ।
उपत्यकाका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापङले सन्तोषी सुब्बाको हत्या आरोपमा बुधबार राति २९ वर्षी सुरेश तिमल्सिनालाई पक्राउ गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
पक्राउ परेको तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सामाजिक सञ्जालमा विभिन्न पशुपंछिको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको बुधबार बिहान दक्षिणकालीमा शव फेला परेको थियो । एसएसपी खापुङका अनुसार सुब्बाको घाँटी थिचेर हत्या गरेको र पछि अनुहार क्षतविक्षत हुने प्रहार गरेको थियो । -गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-