काठमाडौं, असार १० गते । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । रौतहटका जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहका अनुसार ६ नम्बर वडाका सदस्यहरु लगायत केही विपक्षी दलहरुले नगरपालिकाले आयोजना नगरसभामा विरोध कार्यक्रम गर्न खोजेको र नगरपालिका पक्षले नगरसभा आयोजना गर्न खोज्दा दुवै पक्षबीच ढुङ्गामुढा हानाहान भएको हो ।
दुवै पक्षको ढुङ्गा हानाहानमा पाँच जना नेपाली प्रहरी र तीन जना सशस्त्र प्रहरी घाइते भएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
त्यस्तै झडपमा दुवै पक्षमा केही मानिसहरु समेत घाइते भएको भन्ने जानकारी आएको तर कति जना घाइते भए त्यसबारे आधिकारी जानकारी नभएको उहाँले बताउनुभयो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २३ राउण्ड अश्रुग्या र १४ राउण्ड हवाइ फायर समेत भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले स्थिति नियन्त्रणमा रहेको र प्रहरी डीएसपीको कमाडमा १२५ जना नेपाल प्रहरी र एक सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-