काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ४५५ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५८६ पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७६५ परीक्षण गर्दा ७५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४५ हजार ७९४ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-