बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अभिभावक जिम्मेवार नबन्दा युवा कुलतमा फस्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १२, २०७८ ०८;४९ बिहान प्रकाशित
अभिभावक जिम्मेवार नबन्दा युवा कुलतमा फस्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असार १२ गते । छोराछोरी लागूऔषधको कुलत फस्नुमा मुख्य दोषी को ? साथीसंगी, अभिभावक तथा घरपरिवार वा स्वयम् ब्यक्ति । जानकारहरु भन्छन्– अभिभावक तथा घरपरिवार मुख्य दोषी । त्यसपछि साथीसंगी र स्वयम् आफै पनि ।
नेपालको सन्दर्भमा अभिभावक तथा घरपरिवारका कारण लागूऔषधको कुलतमा फस्ने छोराछोरीको संख्या उल्लेख्य छ । लागूऔषध विरुद्धको अभियानमा सक्रिय ऋषिराम ओझाका अनुसार, सन्तानका क्रियाकलापप्रति अभिभावक जिम्मेवार नबन्दा युवा लागूऔषधको कुलतमा फस्दै छन् ।
केही वर्षअघिको एक अध्ययनले नेपालमा एकलाख लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सो संख्या बढ्दो दरमा रहेको थियो । लागूऔषध अनुसन्धाकर्ता प्रहरी नायव उपरीक्षक अपिल बोहरा अभिभावक, समाज, साथीसंगी र स्वयम् ब्यक्ति मुख्य जिम्मेवार रहेको बताउनुहुन्छ ।
‘लागूऔषध रहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने मूलनाराका साथ शनिवार (जुन २६ तारिख) अन्तर्राष्ट्रिय लागूआंैषध विरुद्धको दिवस–२०७८ मनाइँदै छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सो दिवस मनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यले युवावर्गलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक, घर–परिवार र समाजभित्रको वातावरण महत्वपूर्ण हुने भएकाले यस पटक लागूऔषध रहित परिवारः स्वस्थ जीवनको आधार नारा छनोट गरिएको बताउनुभयो ।
प्रत्येक वर्ष जुन २६ तारिकलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अबैध ओसारपसार विरुद्धको दिवसको रुपमा मनाइदै आएको छ । उहाँका अनुसार, संयुक्त राष्ट्रसंघबाट सन् १९८७ मा जारी लागूऔषध नियन्त्रण सम्वन्धी घोषणापत्रमा सो दिवस मनाउने निर्णय गरेको हो ।
भारतसँगको खुला सीमाका कारण नेपालमा लागूऔषध ओसारपसार, कारोवार तथा दुरुपयोग गम्भीर चुनौतीका रुपमा देखिन थालेको छ । यसको नियन्त्रणका लागि राज्य, समाज, सुरक्षा निकाय र घरपरिवारको समूहिक सहभागिता अनिवार्य गरिएको छ ।
लागूऔषध मुक्त घरपरिवार र समाज निर्माण गर्न विभिन्न कक्षाको पाठ्यपुस्तकमा यस सम्वन्धी सूचना तथा सचेतना मूलक सामाग्री समेट्ने तयारी भइरहेको छ । गृह मन्त्रालय अन्तरगत लागूऔषध नियन्त्रण विभाग गठनको प्रस्ताव पनि गरिएको छ ।
त्यस्तैं, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा लागू औषध नियन्त्रण शाखा स्थापना गरी ‘हेल्प डेस्क’ राख्ने तयारी भएको छ । अभिभावक तथा घरपरिवारलाई छोराछोरीका नियमित क्रियाकलापप्रति सतर्क र विद्यालय, कलेजदेखि समाजलाई जिम्मेवार बनाउने रणनीति लिएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अबैधरुपमा आयातित लागूऔषध पूर्णरुपमा नियन्त्रण गरी युवावर्गलाई कुलतको बाटोबाट जोगाउन सबै जिम्मेवार हुनुपर्ने जनाएको छ । लागूऔषध विरुद्धको दिवसको अवसरमा भर्चुअल मिटिङ तथा छलफल र साहित्य सिर्जनात्मक कार्यक्रम गरिदै छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!