बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विपदमा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १३, २०७८ ०२;०० बिहान प्रकाशित
विपदमा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ।
‘भूकम्पले हाम्रो घर ढल्दैमा
आगोले हाम्रो बस्ती जल्दैमा
पहाडको पखेरो, तराईको फाँट
बाढी पहिराले लग्दैमा
हाम्रो साहस डगमगाउँदैन
हाम्रो धैर्य खलबलाउँदैन…’

नेपाली सेनाका सहायकरथी डा आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका घटनाको स्मरण गराउँदै सबै मिलेर साहस र धैर्य नगुमाई उद्धार र सहयोगमा जुट्न आह्वान गरिएको छ।

मुलुकमा हरेक वर्ष मनसुनको शुरुआतसँगै हुने बाढी, पहिरो र डुबानलगायतका विपद्का घटनापछि रेडियो र टेलिभिजनलगायत सञ्चारमाध्यमबाट निरन्तर गुञ्जने उक्त बोलको गीतले विपद्को पीडामा छट्पटाएकालाई जो कसैले पनि मानवताको हात अघि अढाएर सघाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ।

जलजन्य प्रकोप जोखिममा नेपाल ३० औँ

विश्व मानचित्रमा भौगोलिक धरातल र हावापानीका हिसाबले जति सुन्दर छ प्राकृतिक प्रकोप घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति हुने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमै पर्छ। गृह मन्त्रालयका अनुसार बाढी, पहिरा, भूकम्प, आगजनी तथा समुद्री आँधीका कारणबाट उत्पन्न हावाहुरी तथा असिना, मुसलधारे वर्षा र सुक्खाजस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट नेपाल सङ्कटासन्न अवस्थामा छ।

विश्वमा विपद् जोखिमको नक्साङ्कनमा नेपाल २० औँ तथा बाढी र पहिराजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट ३० औँ स्थानमा छ। ज्यादै कमजोर पर्वतीय भूसतह तथा वनजङ्गलको तीव्र विनास, अत्यन्तै भिरालो पहाड–पर्वत, खोरिया फँडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने मुसलधारे वर्षा र त्यसपछिको प्रचण्ड तापमानलगायत कारणबाट नेपालको पहाडी भूभागमा बारम्बार बाढीपहिराका घटना हुने गर्छन्।

उत्तरबाट दक्षिणतर्फ भिरालो धरातल भएबाट हरेक वर्ष पहाडमा बाढी पहिरा र तराई मधेसमा डुबानका समस्या हुँदै आएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण पनि तराईका कतिपय जिल्ला सदरमुकाम र आसपासका गाँउमा डुबान हुँदै आएको छ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठनका रूपमा रहेको नेपाली सेनाले बाढी, पहिरा र डुबानलगायतका प्राकृतिक प्रकोपमा सहज परिचालनका लागि केन्द्रको आदेश लिन नपर्ने व्यवस्थासहित सबै युनिटमा एकतिहाइ जनशक्ति तयारी अवस्थामा राखेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सेनाले मुलुकका जुनसुकै भागमा आवश्यकताअनुसार थप जनशक्ति सहजरूपमा खटाउन सक्ने गरी चितवन र काठमाडाैंको सुन्दरीजलमा विपद् व्यवस्थापनसम्बन्धी गण तैनाथ गरेको छ।

प्रभाव र क्षतिका दृष्टिले बाढी र पहिरा प्रमुख विपद्

सङ्कटासन्नता र जोखिमका सम्बन्धमा गरिएको अध्ययनअनुसार भूकम्पको दृष्टिकोणबाट नेपाल संसारका सबैभन्दा बढी जोखिम रहेका मुलुकमध्ये ११औँ स्थानमा छ।

विपद्का घटनाको मात्रा, प्रकृति, भौतिक, सामाजिक र आर्थिक प्रभाव एवं क्षतिका दृष्टिले बाढी र पहिरालाई आकस्मिक प्रमुख विपद्का रूपमा हेरिने गरिएको छ । नेपालको दक्षिणी तराईको समथर जमीन, मध्य पहाडी र उच्च हिमाली भूभाग बाढी, पहिरा र डुबानका हिसाबले जोखिम क्षेत्र हुन्।

हिमालको पानीलाई नियन्त्रणमा राख्ने प्राकृतिक बाँध नष्ट हुनु तथा हिमनदीले बगाएर ल्याएको ढुङ्गा–माटोका थुप्रोका कारणबाट हिउँका ढिक्का पग्लिएर बनेका हिमताल बाँधको माथिल्लो भागमा हुने जलचापले विष्फोटनबाट बाढीको जोखिमलाई बढाइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर भन्नुहुन्छ, “तल्लो तहसम्म संरचना रहेकाले विपद्का समयमा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा फौजका रूपमा नेपाल प्रहरीले काम गरिरहेको छ, जोखिम निकै ठूलो देखिएको अवस्थामा अन्य सुरक्षाफौज र सरोकारवाला निकायसँगको समन्वयमा मिलेर हामीले खोज, उद्धार र राहतका काम गरिरहेको छौँ।”

मनसुनको शुरुसँगै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा भएको भीषण वर्षाका कारण मेलम्ची बजारलगायत क्षेत्रमा पहिरा र बाढीबाट ठूलो जनधनको क्षति भएको छ।

उक्त क्षेत्रमा आफन्त, घरगोठ र व्यवसाय गुमाएका नागरिकलाई पीडामा मलम लगाउने काममा अहिले सबै जुट्नुपरेको छ । यसपटक हिमाली जिल्ला मनाङ पनि बाढी पहिराको चपेटामा परेको छ। त्यहाँ पनि ठूलो परिमाणमा भौतिक संरचना र सम्पत्तिमा क्षति भएको छ।

जोखिम क्षेत्रका नागरिक सजग र चनाखो हुनुपर्छ

प्राधिकरणका सहायक प्रवक्ता वेदनिधि खनाल भन्छन्, “बाढी पहिराको जोखिम क्षेत्रमा बसोबास गर्नेले सबैभन्दा पहिला आफू सजग, सचेत र चनाखो हुनुपर्छ, ठूलो र लगातार पानी आए सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्छ।”

प्राधिकरणले पानीकै पूर्वसूचना र अनुमान सम्प्रेषणका लागि मुलुकका नौ जिल्लाका ३६ स्थानीय तह छनोट कार्यक्रम अघि बढाएको छ। यस्ता कार्यक्रमबाट आकस्मिकरूपमा हुने बाढीपहिराका घटनामा हुने जनधनको जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एकै दिन ४०० मिलिमिटरको रेकर्ड

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर वार्षिक एक हजार ५०० मिलिमिटर पानी पर्छ। सबैभन्दा बढी कास्कीको लुम्लेमा वार्षिक ५०० तथा थोरै माथिल्लो मनाङ र मुस्ताङमा २०० मिलिमिटर वर्षा हुने गरेको तथ्याङ्क छ। बाँकेको चिसापानी क्षेत्रमा केही वर्षअघि एकै दिन अर्थात् २४ घण्टामा ४०० मिलिमिटर पानी परेको रेकर्ड छ।

सन् २००२ को जुलाई २३ मा काठमाडौँमा एकै दिन १७७ मिलिमिटर पानी परेको थियो। कमजोर पर्वतीय भूसतह भएकै कारण पनि अकस्मिकरूपमा एकै दिन १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा जमीनले धान्न नसक्दा नेपालमा बाढी पहिराका घटना हुँदै आएको विशेषज्ञ बताउँछन्।

जलवायु परिवर्तनको असरबाट हिमनदीको अग्रभाग तीव्ररूपमा पग्लने र हिमताल प्राकृतिक बाँधको नियन्त्रणमा रहन नसकी चाँडो–चाँडो विष्फोट हुनुले पनि पछिल्ला समयमा बाढीका घटना तीव्ररूपमा हुने गरेको बताइएको छ। जलवायु परिवर्तनबाट सिर्जित उच्च जोखिमका हिसाबले नेपाल विश्वमा चौथो स्थानमा छ।

इसिमोड र युएनडीपीले तयार गरेको संयुक्त विवरणमा नेपालका तीन हजार २५२ हिमक्षेत्रले पाँच हजार ३२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको र यहाँ रहेका दुई हजार ३१५ हिमतालमध्ये २२ वटा विष्फोटको खतरामा रहेको उल्लेख छ।

पूर्वाधारका रूपमा निर्माण गरिने सडक, ठूला भवन तथा सिँचाइको कुलो सुरक्षाका उपाय अवलम्बन गरी ठिक ढङ्गबाट निर्माण नगरिएबाट पहाडी भूभागमा सामान्य वर्षा हुँदासमेत बारम्बार बाढी र पहिराका घटना बढिरहेको छ । यद्यपि नेपालको हकमा मनसुनलाई मुख्यबाली धान, मकै र कोदोलगायतका अन्न र नगदे बालीका लागि वरदान मानिन्छ।

खबर प्राप्त भएको पाँच मिनेटमै परिचालन

सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक एवं प्रवक्ता राजु अर्याल भन्छन्, “मुलुकका ७७ वटै जिल्लामा सशस्त्र प्रहरीका सबै टोली तयारी अवस्थामा छन्, प्रत्येक प्रदेशमा एक/एक तथा धादिङको कुरिनटार र काठमाडौँमा एक/एक गरी १० वटा विशेष तालिमप्राप्त जनशक्तिको टिम छ। प्रत्येक गणमा ३५ र युनिटमा १० जनालाई विपद् व्यवस्थापन प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ।”

सशस्त्र प्रहरीले बाढी, डुबान र अन्य अवस्थामा समेत परिचालन गर्न सक्ने गरी मुलुकका छ स्थानमा गोताखोर र १३ स्थानमा लाइफ ज्याकेट, उपकरण र बोटसहितका जनशक्ति तयारी अवस्थामा राखेको छ। सशस्त्रले विपद्का घटनाको खबर प्राप्त भएको पाँच मिनेटमै परिचालन हुने गरी फौजलाई तयारी अवस्थामा राखेको उनले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!