काठमाण्डाै – पहिरो गएर बन्द भएका केही सडकमार्ग खुलाउन समस्या भएको छ । मनसुन सुरु भएपछि बन्द सडक खुलाउने प्रयास भए पनि पहिरो पन्छाउन नसक्दा सडकमार्ग अझै ठप्प छन् ।
डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा मनसुन सुरु हुनुभन्दा अघि गएको जेठ १६ गतेदेखि नै बन्द छ।
यो सडक खण्डमा पर्ने मनाङको तिमाङ खोला, धारापानी र बगरछाप तथा लमजुङ जिल्लामा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टे खोलाको सडकमार्ग गएको १ गतेदेखि बन्द छन् । साँफेबगर मार्तडी–कोल्टी सडक खण्डमा पर्ने बाजुराको बल्दे अम्कोट सडकमार्ग गएको जेठ मसान्तदेखि बन्द रहेको छ।
अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, सानो भार्खु र गाँजाबारी गएको १ गतेदेखि नै बन्द छ । वीपी राजमार्गमा पर्ने काभ्रेको माम्तिखोलाको सडकमार्ग हिजोदेखि बन्द भएको छ । मनसुन सुरु भएपछि अहिलेसम्म देशभरका ५९ वटा राजमार्ग तथा सडकमार्ग ठप्प भएका थिए ।
ती मध्ये १७ वटा सडक मर्मतपछि खुलाइएको छ भने २९ वटा सडकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छन् । १३ वटा सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।
कुन सडककाे अवस्था कस्ताे छ हेर्न यहाँ क्लिक गर्नुहाेस् । -उज्यालो अनलाईन
प्रतिक्रिया लेख्नुहोस्:-