सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा करेन्ट लागेर दुई पुरुष गम्भीर घाइते भएका छन् । मरिण गाउँपालिका ४ जुटपानीका ३६ वर्षीय जितबहादुर बिक र २३ वर्षीय राजकुमार माझी रहेका घाइते भएका हुन् ।
उहीरुलाई आइतबार बिहान ८ बजे मरिण गाउँपालिका ६ धमिलेका स्थानीय रामबहादुर काल्तानको घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेको उक्त गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।
गम्भीर घाइते दुईमध्ये जीतबहादुरको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई तत्काल उपचारका लागि सिन्धुली अस्पतालमा ल्याउन समेत एम्बुलेन्स उपलब्ध नभएपछि अध्यक्ष बम्जनले आफ्नै गाडीमा सिन्धुली अस्पताल ल्याएको जनाए ।
‘घाइतेहरुको सिन्धुली अस्पतालमा सामान्य उपचार भएपनि अस्पतालले थप उपचारका लागि दुवै जनालाई काठमाडौँ रिफर गरेपछि हेलिकप्टर मार्फत पठाउने तयारी गरिएको छ,’ उनले भने । -अन्नपूर्ण












प्रतिक्रिया लेख्नुहोस्:-