बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १५, २०७८ ०३;१८ बिहान प्रकाशित
धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

युक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।

सैनिक प्रवक्ता पौडेलले भने, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”

सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट  जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल छन्। यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्तिस्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ । विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकबाट आफनो जीवनको बलिदानी भइसकेको छ । यस अवधिमा ६६ जना सैनिक गम्भीर घाइते भएका छन् ।

मानव अधिकारको पूर्ण पालना, द्वन्द्व व्यवस्थापन र मानवीय सहायतामा नेपाली सेनाबाट हुँदै आएको कार्यको विश्व समुदायबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्तिस्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आसा, भरोसा र विश्वास राखेको छ ।

अन्तर्राष्ट्रिय शान्तिस्थापनाका लागि उल्लेखनीय योगदान दिई विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको छ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नेपाली सेनाले शान्ति मिसनमा खटेर पु¥याएको योगदान अतुलनीय भएकाले राष्ट्रसङ्घबाट धेरै नै प्रशंसा पाउँदै आएको बताए ।

उनी भन्छन्, “दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको तथा  शान्ति सैनिकका रूपमा खटिएको स्थानमा तटस्थता कायम गर्ने भूमिका आदिले नेपाली सैनिकप्रति राष्ट्रसङ्घ र स्थानीय नागरिकले समेत निकै भरोसा राखेको देखिन्छ । त्यो भएर पनि सङ्ख्या थप्ने विषय सम्भव भएको हो ।”

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्तिस्थापनामा कार्यमा देखाएको व्यावसायिक कुशलताकै कारण विश्व समुदायको पहिलो रोजाइमा पर्दै आएको मात्र होइन विशेषखाले जिम्मेवारी पनि सम्हाल्दैआएको छ । कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले प्राप्त गरेको प्रशस्तै उदाहरण छन् ।

सेनाका पूर्वउपरथी जगदीशचन्द्र पोखरेल नेपाली सेना स्वभावैले शान्तिप्रेमी र कसैको पक्षमा नढल्कने तटस्थ भूमिकामा रहने मात्र नभएर राष्ट्रसङ्घको शान्तिस्थापना गर्ने सिद्धान्त र कार्यादेशको पूर्ण पालना गर्दै सहजरूपमा जिम्मेवारी पूरा भएकाले धेरै ठाँउमा नेपाली शान्ति सैनिकको माग हुँदै आएको बताउँछन् ।

निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल हुँदैआएको उल्लेख गर्दै उनी भन्छन्, “नेपाली सेना कुनै पनि मिसनमा जाँदा कुनै स्वार्थ लिएर गएको हुँदैन, ज्यान बाजीमै राखेर भए पनि जिम्मेवारी कार्यादेशलाई नै सर्वाेपरी प्राथमिकता दिन्छ ।”

भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्वशान्तिका लागि नेपालको ठूलो योगदान रहेको छ । नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाँउमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन सङ्गठन सफल भएको पूर्वरथी पोखरेल बताउँछन् ।

शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडानलगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी  सम्हालेको घटनाको सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्तिस्थापनार्थ गरेको योगदानका आधारमा ‘फोर्स कमाण्डर’को नेतृत्व र जिम्मेवारी पाउनुपर्छ भनी नेपालले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्दै आएको छ । -लोकन्तर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!