बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

असुरक्षित बुहारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १५, २०७८ ०३;२७ बिहान प्रकाशित
असुरक्षित बुहारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मानिस सामाजिक प्राणी हो। निश्चित सेरोफेरो, संस्कृति र जीवन प्रणाली समेटिएर समाज बनेको हुन्छ। समाजका हरेक सदस्य सामाजिक लक्ष्य पूरा गर्नुलाई नै आफ्नो चेतना विकासको सूचक ठान्छन्। चेतनशील समाज नै त्यस स्थानको महत्वपूर्ण सम्पत्ति पनि हो। यस्तो समाजले त्यस क्षेत्रको हरेक वस्तुको मूल्य उच्च बनाएको हुन्छ। त्यसैले त समाज सुधारका प्रयासमा सरकार र विभिन्न संस्थाले करोडौं रुपैयाँ वर्षेनी खर्चने गर्ने गरेका छन्। चेतनाको विकास, नैतिक उत्तरदायित्व, जात, धर्म, पेशा, भाषा र संस्कार संस्कृतिको संरक्षणले समाजलाई सुन्दर बनाएको हुन्छ। त्यस्तो समाजमा हुर्कने जो कोहीले जीवन जिउने सही पाठ सिक्छन् र व्यवहारमा लागू गर्छन्।

तर, समाजमा हुने गलत संस्कारको विकासले मानिसलाई यतिसम्म क्रूर बनाउँछ कि परिवारभित्रै एकले अर्काको त्रासमा बस्नु/बाँच्नु पर्ने अवस्था पनि आउँछ। पछिल्लो समय हुने आपराधिक क्रियाकलापमा घरभित्रै हुने हत्या र हिंसाका घटनाको तथ्यांक पनि उच्च छ। घरभित्रै एकले अर्काको हत्या गरेका समाचार पनि आइरहन्छन्। त्यति मात्रै होइन, परिवारकै सदस्य मिलेर बुहारीको हत्या गरेका घटना समाजमा नौलो छैनन्। अझै यस्ता घटना तराईका जिल्लामा धेरै हुने गरेको छ। विषेशगरी दाइजो प्रथा र अनमेल विवाहसँग जोडेर बढी हुने यस्ता घटना पछिल्लो समय अन्य कारणले पनि भइरहेका छन्। यस्तैमध्ये पछिल्लो एक उदाहरण हो, महोत्तरीको लोहारपट्टी–७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या। उनको शव घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको अवस्थामा भेटियो। माइतीको जाहेरीमा प्रहरीले उनको परिवारमाथि अनुसन्धान गरिरहेको छ, हत्याको कारण खुलेको छैन। परिवारले अर्कैसँग गएको बताए पनि अवस्था त्यस्तो पाइएन। यस्ता घटनाले तराईका महिला पुनः त्रसित र आतंकित छन्।

तराई–मधेसमा शक्तिशाली पितृसत्तात्मक सोचका कारण अझै पनि महिला घरभित्रै बस्नुपर्ने अवस्था छ। घरायसी कार्यका निर्णयदेखि उच्च निकायमा पुग्नसमेत महिलालाई त्यति सहज छैन। नेपालमा विभिन्न कालखण्डमा भएका ठूला ठूला परिवर्तनहरूमा मधेसको सहभागिता महŒवपूर्ण छ। तर वैधानिक कानुन २००४ देखि नेपालको संविधान २०७२ सम्मले पनि मधेसी महिलाहरूलाई यथेष्ट हक अधिकार दिन सकेको देखिँदैन। महिला हकहितलाई संरक्षण गर्न महिला आयोगसमेत गठन गरिएको छ। आयोगले मधेसी महिलाको समस्या समाधानका लागि अहिलेसम्म उल्लेख्य काम गरेको देखिँदैन। देश संघीय संरचनामा गएसँगै तहमा न्यायिक निकाय छन्। यस्ता न्याय दिने भनेर स्थापना भएका संरचनाले पनि महिलाको पीडामा मलम लगाउन सकेका छैनन्। यस क्षेत्रका महिला अहिले पनि हत्या र हिंसाको सिकार बनिरहेका छन्।

चेतना विकासको महत्वपूर्ण पक्ष शिक्षा हो, तर मधेसका चेलीबेटी अझै पनि शिक्षाबाट वञ्चित छन्। यौनजन्य अपराध बढ्नुको मुख्य कारण यौन शिक्षा र दाइजो नल्याएको निहुँमा हत्या÷हिंसा हुनुमा कानुनको ज्ञान अभाव नै मुख्य कुरा हो। यस्ता घटना बढी हुने क्षेत्रको पहिचान गरी शिक्षा दिने र हत्या हिंसामा सहभागीलाई कडा सजाय दिए धेरै महिलाको ज्यान सुरक्षित राख्न सकिन्छ। ज्यान जाने अवस्थासम्म पुग्नुअघि उनीहरूले कति मानसिक तनाव भोगे ? त्यसको कुनै आँकलन पनि हामी गर्न सक्दैनौं। अहिले पनि विभिन्न कारणले मानसिक रूपमा विक्षिप्त भएर धेरै महिला बाँचेका छन् भन्ने यस्ता घटनाले सहजै अनुमान गर्न सकिन्छ। प्रदेश २ का जिल्लाहरूमा अझै पनि महिला हिंसासम्बन्धी घटनाहरू बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्।

जबर्जस्ती करणी, शारीरिक यातना, बलात्कारजस्ता महिला हिंसा र हत्याका सिकार ससाना नानीदेखि किशोरी, विवाहित महिला, अधबैंसे महिलासमेत हुने त्यस्ता अध्ययनले देखाउँछ। अवैध दाइजो प्रथा, बहुविवाह लगायतका कारण धेरै महिला घरेलु हिंसाको रापमा पिल्सिरहेका छन्। सामान्य निहुँ र रिसइबीका कारण महिलाहरूले कुटपिट भोग्नुपर्ने र ज्यान नै गुमाउनुपरेका घटना बढ्दैछन्। महिलामा हुने हिंसा र हत्याका घटना रोक्न सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा तालिम दिन सुरु गरिए पनि त्यो क्रम सबै क्षेत्रमा पुगेको छैन। यो राम्रो प्रयास भएकाले यसको विस्तार आवश्यक छ। तहमा बनेका न्यायिक निकायले अन्यायमा परेका महिलालाई खोजेर पनि न्याय दिनुपर्छ। सरकारले लैंगिक हिंसा न्यूनीकरण गर्ने बनेका कानुनको कडाईका साथ कार्यान्वयन गर्नुपर्छ। नत्र अझै धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ।-अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!