कपिलवस्तु — बुद्धभूमि नगरपालिकाले विभिन्न सात सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ४८ छात्रालाई सोमबार साइकल वितरण गरेको छ । माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई उत्प्रेरित गरी पढाइलाई निरन्तरता दिन साइकल वितरण गरिएको हो ।
साइकल पाएपछि अध्ययनलाई निरन्तरता दिन पाउँदा बुद्धभूमि नगरपालिका चौंरीकी १४ वर्षीया छात्रा अन्जली कुर्मीको खुसीको सीमा थिएन । ८ मा पढ्ने उनी चुलोचौको र घरधन्दा सकेर विद्यालय जाँदा सधैं अबेला हुन्थ्यो । ‘अब साइकल चढेर समयमै पुग्छु,’ उनले भनिन् ।
बालिकाहरूले पढ्न नपाउँदा बालविवाह, अनमेल विवाहजस्ता विकृतिले प्रश्रय पाएर समाज पछाडि परिरहेकाले त्यो हटाउन पनि उनीहरूलाई उत्साह थपिएको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । ‘आगामी वर्ष पनि यसलाई निरन्तरता दिनेछौं,’ उनले भने ।-कान्तिपुर
प्रतिक्रिया लेख्नुहोस्:-