बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लोक सेवा आयोग कमलपोखरी सर्दै, ७२ करोडमा तयार भयो नयाँ भवन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १५, २०७८ ०९;०१ बिहान प्रकाशित
लोक सेवा आयोग कमलपोखरी सर्दै, ७२ करोडमा तयार भयो नयाँ भवन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१५ असार, काठमाडौं । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ ।

स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने, ‘साउन ३ गतेको अन्तरवार्ता नयाँ कार्यालयमा गर्ने सूचना प्रकाशित भइसकेको छ, त्यसअघि नै हामी कमलपोखरीमा सर्छौं ।’

लोक सेवा आयोगको केन्द्रीय कार्यालय पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा थियो । त्यहाँको राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि लोक सेवा आयोग अनामनगरस्थित कार्यालयमा सरेको थियो । २०७२ को गोरखा भूकम्पमा कमलपोखरीको त्यो पुरानो भवन भत्किएको थियो ।

त्यसपछि २०७४ चैत ५ गते तीन वर्षे निर्माण सम्झौता गरिएको थियो । लकडाउन लगायतका समस्याले तोकिएको अवधिमा काम नसकिएको भन्दै पुनः ३ महिना म्याद थपिएको थियो । निर्माण सम्झौताको त्यो म्याद यही असार २५ गते सकिंदै छ ।

यद्यपि लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनालीले गत फागुनमै नयाँ भवन उदघाटन गरेका थिए ।

यस्तो छ विशेषता

आयोजना कार्यान्वयन इकाइले दिएको जानकारी अनुसार लोक सेवा आयोगको नयाँ भवन अन्डरग्राउण्डसहित ८ तलाको छ । अन्डरग्राउण्ड मात्रै दुई तलाको छ । भूकम्प प्रतितिरोधी सो भवनले १२०२.४८ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

मूल भवनमा अध्यक्ष र सदस्यहरुको कार्यकक्ष, पुस्तकालय, अडिटोरियम हल लगायत छन् । ६० वटा कार र १ सय वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङस्थल छ । कार्यालय परिसरमा मूल भवनबाहेक सुरक्षाकर्मी र क्यान्टिन ब्लक छुट्टै निर्माण गरिएको छ ।

अनामनगरको भवनमा काठमाडौं कार्यालय

आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा सरेपछि अनामनगरस्थित भवनबाट लोक सेवा आयोगको काठमाडौं कार्यालय सन्चालन गर्ने निर्णय यसअघि मैनाली नेतृत्वको आयोगले गरिसकेको छ ।

सो निर्णय अनुसार अनामनगरको तल्लो तला काठमाडौं कार्यालयले प्रयोग गरिसकेको छ । यद्यपि ग्राउण्ड फ्लोरमा साँघुरो भएकाले अब माथिल्ला तलामा काठमाडौं कार्यालय सर्ने छ ।

केन्द्रीय कार्यालय कमलपोखरीमा सरे पनि त्यसका केही शाखा भने अनामनगरमै रहने छन् । आयोगका तत्कालीन अध्यक्ष मैनालीका अनुसारसुरक्षा निकाय र सार्वजनिक संस्थान महाशाखा अनामनगरकै भवनमा रहने छन् भने ग्राउण्ड फ्लोर पूरैलाई परीक्षा सन्चालन गर्ने हल बनाइने निर्णय भएको छ ।

मैनालीले भने, ‘अहिले साना–साना परीक्षा लिन पनि स्कुलहरुका कक्षा कोठा भाडामा लिनुपर्ने बाध्यता छ । त्यसैले ग्राउण्ड फ्लोरमा पूरै हल बनाउने निर्णय गरेका हौं ताकि पाँच सय÷हजार जनाको परीक्षा लिन अन्त जान नपरोस् ।’-अनलाईन खबर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!