काठमाण्डाै – नेपाल वायु सेवा निगम नेपाल (एअरलाइन्स) र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठी–पत्रहरू ओसार प्रसार गर्ने सम्बन्धी सम्झौतामा मङ्गलवार (आज) हस्ताक्षर भएको छ ।
सन् २०२१ जुलाई १ देखि लागू हुने सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायु सेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगममार्फत मात्र सामान तथा चिठी–पत्रहरू ढुवानी हुनेछन् ।यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत ओसारपसार गराइरहेको थियो ।
यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौँ रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायु सेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गर्नुभएको छ । -उज्यालो अनलाईन
प्रतिक्रिया लेख्नुहोस्:-