काठमाडौँ । रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन साइटहरु बन्द हुने भएको छ ।
प्रेस काउन्सिलले ६ अनलाइनलाई बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो ।
बन्द हुने अनलाइनमा
- खबरमाला,
- कालापानीपोष्ट,
- मिडियाट्वान्टीपोष्ट,
- ग्यालेक्सी सेभेन एक्सप्रेस,
- आजको नयाँ,
- साँझा मिडिया डटकम रहेका छन् ।
सुनारले आफूविरुद्ध अफवाह फैलाएको भन्दै मिडियाविरुद्ध उजुरी दिएकी थिइन् ।
यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-