नेपालमा प्रसारण र वितरण लाइनबारे डिजाइन र अध्ययनमा संलग्न अमेरिकी कम्पनीले काठमाडौंस्थित रामहिटी बस्तीका कोरोना प्रभावित विपन्न मजदुरका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
अमेरिका र नेपालका लागि प्रसारण र वितरणबारे डिजाइन र अध्ययन अनुसन्धान गर्ने पीसी नामक संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्पेट उद्योगमा कार्यरत ११० श्रमिकहरूलाई चामल, दाल, नुनलगायतका खाद्यान्न सहयोग गरेको हो ।
१ लाख ५२ हजार बराबरको १० दिनमा पुग्ने गरी ११० विपन्न श्रमिकलाई खाद्यान्न सहयोग गरेको कम्पनीका नेपालस्थित निर्देशक ऋषिकेश शर्माले जानकारी दिए । ‘कोरोना महामारीको चपेटामा परेका मजदुरहरूको जीविकोपाजर्न सहज बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हामीले खाद्यान्न सहयोग गरेका हौँ,’ उनले भने ।
गत कात्तिकमा पनि सो कम्पनीले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाल बाल संगठनमा रहेका ६४ बालबालिकालाई ज्याकेट वितरण गरेको थियो । –शिलापत्र
प्रतिक्रिया लेख्नुहोस्:-