बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिड नेपाल: खुल्यो आन्तरिक उडान, विमानस्थल जानुअघि जान्नुपर्ने तीन कुराहरू यस्ता छन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १७, २०७८ ०५;११ बिहान प्रकाशित
कोभिड नेपाल: खुल्यो आन्तरिक उडान, विमानस्थल जानुअघि जान्नुपर्ने तीन कुराहरू यस्ता छन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ बिहीवारदेखि खुला गरिएको छ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी अर्को निर्णय नभएसम्म यसअघि हुँदै आएका उडानको आधा सङ्ख्यामा गर्ने गरी आन्तरिक उडान खोलिएको अधिकारीहरूले बताएका छन्।

उच्चतम सावधानीका लागि यात्रुहरूले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले व्यवस्था गरेको उडानसम्बन्धी फारम अनिवार्य भर्नुपर्ने नियम बनाइएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण झन्डै दुई महिनादेखि नेपालभित्र हुने नियमित हवाई उडानहरू बन्द रहेका थिए।

सरकारले क्रमिक रूपमा निषेधाज्ञालाई खुकुलो पार्दै लगेको अवस्थामा आन्तरिक उडानहरूले सञ्चालन अनुमति पाएका हुन्।

सीमित उडान

सेवा सुरु गरिए पनि उडान सङ्ख्या भने कटौती गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत कम उडान हुने बताइएको छ अर्थात् दैनिक ६७ वटासम्म नियमित उडान हुनेछन्।

कोरोनाभाइरसपछि हवाई यात्रा कस्तो होला

प्राधिकरणले कुन वायुसेवा कम्पनीलाई कति उडान भर्न दिने पनि तोकेको छ।

बुद्ध एअरलाई दैनिक ३१ वटा, यतीलाई १५, श्रीलाई १० र सौर्यलाई तीन वटा उडान अनुमति दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

“यी ट्रङ्क रुटका लागि दिइएका अनुमति हुन। लुक्ला वा जोमसोमजस्ता गन्तव्यमा जाने विमानका हकमा भने आठ वटा उडान अनुमति दिइएको छ। उहाँहरूले क्षमता हेरेर त्यसै अनुसार उडान गर्नुहुनेछ,” उनले भने।

पालना गर्नुपर्ने मापदण्ड के-के?

विमानस्थल र विमानमा पालना गर्नु पर्ने स्वास्थ्य मापदण्ड पालना गर्न आफूहरूले सर्वसाधारण, विमान कम्पनी र सबै विमानस्थलका प्रमुखहरूलाई जानकारी दिएको सरकारी भनाइ छ।

क्षेत्रीका अनुसार मास्क लगाउने, दूरी कायम गर्नुपर्ने, जहाजमा बस्दा फेसशील्ड लगाउनुपर्ने, टर्मिनलमा भिडभाड गर्न नहुने र उडानबीच केही दुरी कायम गरिनुपर्ने जस्ता मापदण्डहरूलाई सुरक्षा प्रोटोकलमा राखिएको छ।

विमान कम्पनीहरूले गत वर्ष पनि सङ्क्रमणकै बीचमा उडानहरू गरेको अनुभव भएको र त्यसै अनुसार मापदण्ड बनाइएको उनले बताएका छन्।

विराटनगर विमानस्थल

विमानस्थल पुग्न अगावै अनलाइन फर्म भर्नुपर्ने

तर त्यसका लागि यात्रुहरूले पनि नियम पालना गरिदिनु पर्ने नेपाल वायुसेवा सञ्चालक सङ्घका कोषाध्यक्ष समेत रहेका बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बताउँछन्।

“यात्रुहरूको हकमा मास्क त अनिवार्य छ। ज्वरो आएको हुनु भएन। सीसीएमसीको एउटा फर्म छ त्यो भरेर कोड नम्बर लिएर आएको हुनुपर्‍यो,” उनले भने।

उक्त फर्म www.ccmc.gov.np/drms मा उपलब्ध रहेको र त्यसमा यात्रुहरूको नामथर, गन्तव्य, उडान नम्बर, सिट नम्बर, नागरिकता वा राहदानी नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।

त्यसबाहेक गन्तव्यमा पुगेपछिको ठेगाना, मोबाइल नम्बर र ईमेल, नजिकको सम्पर्क व्यक्ति र ऊसँगको सम्बन्ध पनि उपलब्ध गराउनुपर्ने हुन्छ।

सङ्क्रमित भेटिएको अवस्था वा कन्ट्याक्ट ट्रेसिङमा सहज होस भनेर यस्तो व्यवस्था गरिएको अधिकारीहरूको भनाइ छ।

अनलाइनमार्फत यस्तो फारम भर्न नसक्ने मानिसहरूलाई भने विमानस्थलमै कोड दिइने बताइएको छ।

आन्तरिक उडान सुरु भएसँगै सङ्घीय राजधानी काठमाण्डू उपत्यकाबाट अन्य जिल्लाहरूमा आवतजावत गर्नका सहज हुने ठानिएको छ।

काठमाण्डू उपत्यकामा सडक मार्गबाट बिनाअनुमति आउन स्थानीय प्रशासनले रोक लगाउँदै आएको छ।-बिबिसी नेपाली

जुलाई १ बाट नयाँ उडान तालिका कस्तो छ?

खुल्यो हवाई उडान अन्तर्राष्ट्रिय प्रतिसाता २१ उडान हुने ,कुन देश को कति उडान ?

विहीबारदेखि दैनिक ६४ आन्तरिक उडान, कुन देशमा कती उडान ?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!