काठमाडाैं– मौसममा आएको खराबीका कारण बिहीबार ८ उडान रद्द भएकाे छ।
नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार लगातार वर्षका कारण अन्तिरिकतर्फका ती उडान रद्द भएका हुन्।
बुद्ध एयरलाइन्सकाे मात्रै ४ उडान रद्द भएकाे थियाे। यस्तै, समिट एयरकाे २ तथा तारा एयर र यति एयरलाइन्सकाे एक एक उडान रद्द भएकाे प्राधिकरणले जनाएकाे छ।
यस्तै, आज ५१ उडानमार्फत् ५६ सय यात्रुले यात्रा गरेका छन्। खराब माैसमकै बीच २ हजार ४३० जनाले काठमाडाैं छाडेका थिए भने ३ हजार १७१ जना काठमाडाैं भित्रिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-