बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १८, २०७८ ०३;५७ बिहान प्रकाशित
खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असार १८ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निकायको खरिद कार्यमा काम गर्ने कर्मचारीको न्यूनतम योग्यता निर्धारण गरी सबै सार्वजनिक निकायमा एकरूपता ल्याउने उद्देश्यले सचिवस्तरीय निर्णयबाट बिहीबार कर्मचारीको योग्यता निर्धारण मापदण्ड २०७८ लागू गरिएको हो ।
नयाँ मापदण्डअनुसार सार्वजनिक निकायले आफूअन्तर्गतको सार्वजनिक खरिद प्रयोजनका लागि खरिद एकाइ प्रमुखसमेत तीनदेखि पाँच जना रहने गरी खरिद एकाइ गठन गर्नुपर्ने, यसरी गठन गर्र्दा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदसम्बन्धी ज्ञान भएका र तालिम लिएका कर्मचारीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै कार्यालयमा स्थायी रूपमा नै खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यसको प्रमुखको संयोजकत्वमा खरिद एकाइ गठन गर्नुपर्नेछ ।
त्यस्तै खरिद एकाइ प्रमुख र सदस्यको योग्यता तोक्दा मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । कुनै निकायको सङ्गठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यही निकायको प्रमुखलाई खरिद एकाइको प्रमुखको जिम्मेवारी दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
एकाइ प्रमुख तोक्दा सार्वजनिक निकायको प्रमुख जुन श्रेणी वा तहको रहेको छ, त्योभन्दा एक श्रेणी वा तहमुनिका कर्मचारीलाई तोक्नुपर्ने र यसरी एक तह वा श्रेणीमुनिको कर्मचारीलाई तोक्न सम्भव नभएका दुई श्रेणीमुनिका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन सकिनेछ ।
नयाँ मापदण्डले खरिद एकाइको सदस्यमा मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेक र खरिद एकाइ प्रमुखबाहेकका कर्मचारीमध्येबाट खरिद एकाइका सदस्यको जिम्मेवारी निर्धारण गर्नुपर्नेछ । त्यस्तै सदस्यमा सम्बन्धित सार्वजनिक निकायका खरिद कार्यको प्रकृति हेरी निर्माण परामर्श मालसामान वा अन्य सेवाको खरिद प्रकृतिसँग मिल्ने कार्य क्षेत्रका काम गरेका कर्मचारीलाई तोक्न प्राथमिकता दिनुपर्नेछ ।
सार्वजनिक निकायमा लेखासम्बन्धी कर्मचारी एकभन्दा बढी रहेको अवस्थामा वरिष्ठ कर्मचारी मूल्याङ्कन समितिमा रहने भएकाले त्यसभन्दा कनिष्ठ लेखाको कर्मचारी खरिद एकाइमा राख्न सकिने मापदण्डमा उल्लेख छ तर लेखासम्बन्धी कर्मचारी एक जना मात्र रहेको अवस्थामा भने निजलाई सदस्यका रूपमा राख्न पाइने छैन ।
त्यस्तै बोलपत्र मूल्याङ्कन समितिमा काम गर्ने कर्मचारीको योग्यता पनि तोकिएको छ । मूल्याङ्कन समितिको विशेषज्ञ हुनेले सम्बन्धित विषयमा कम्तीमा पनि स्नातक उत्तीर्ण भएको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव प्राप्त हुनुपर्नेछ ।
खरिद सम्झौता व्यवस्थापन÷कार्यान्वयनमा काम गर्ने कर्मचारीको हकमा भने उक्त कर्मचारीले खरिद कार्यको प्रकृतिसँग मेल खाने विषयमा प्राविधिक ज्ञान र अनुभव भएको हुनुपर्नेछ । त्यस्ता व्यक्ति सम्बन्धित कार्यालयमा उपलब्ध नभएमा सार्वजनिक निक(ायका प्रमुखको स्वीकृतिमा अन्य सार्वजनिक निकायसँग सहयोग लिन सकिनेछ । -गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!