बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रूपाले विद्रोह रोजिन्, हामीले के रोज्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १८, २०७८ ०९;५६ बिहान प्रकाशित
रूपाले विद्रोह रोजिन्, हामीले के रोज्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यतिबेला रूपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान पनि निकै चर्चामा छिन् । उनलाई मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नै जमानतमा प्रहरी हिरासतबाट निकाले । त्यस्तै, काठमाडौं मध्यपुर ठिमीका मेयर मदन सुन्दास श्रेष्ठ लगायतका समूहले ‘जातीय विभेद ठीक होइन तर, कसैको निजी सम्पत्तिमाथि दाबी गर्न पाउँदैन’ भनेर प्रधानको पक्षमा हस्ताक्षर अभियान नै चलाए । यतिबेला सुनार र प्रधानबीचमा दोहोरी चलिरहेको छ । सुनारमाथि भएको विभेदको विरुद्धमा मानिस सडकमा उत्रिएका छन् भने प्रधानको पक्षमा पनि केही मानिस देखिएका छन् ।

यसरी यतिबेला सुनार र प्रधानको पक्षमा छुट्टाछुट्टै माहोल छ । आखिर सत्य के हो ? विदेशी डलरको प्रभाव कि विभेद ? त्यो त व्यवहारले पुष्टि गर्ने कुरा हो । तर, प्रमाणित कुरा यही हो कि रूपा सुनारमाथि जातीय विभेद भएकै हो । घटना सुनियोजित होस् वा यथार्थ; घटना, घटना नै हो । घटना भएकै हो । दिनप्रतिदिन यस्ता घटना घटिरहेकै छन् । कुरा जति लुकाए पनि सामाजिक मनोविज्ञान छर्लङ्ग छ ।

छुवाछूत र जातीय विभेदलाई कलंकको रूपमा स्वीकारिएको छ । कानूनतः यस्ता गतिविधि अपराध नै हुन् । यसलाई न्यूनीकरण गर्न डलर पनि लगानी भएका होलान् । राज्यको लगानी पनि कम छैन । तर समस्या जहाँको त्यहीं छ । विभेदबाट दलित समुदाय मुक्त हुनसकेको छैन । सम्भ्रान्त र केही कुलीन वर्गको राज्यका धेरै निकायमा अहिले पनि हालीमुहाली नै छ । किन अझै पनि एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नै गन्ने पक्षमा छैन ? यसमा खास जड कुरा के हो ? हामी त्यसलाई कोट्याउन चाहन्छौं । र, हाम्रो ध्यान पनि त्यता केन्द्रित हुन जरूरी छ । समस्याको वैज्ञानिक पहिचान र उचित उपचार नगरी समाधान निकाल्न सकिंदैन ।

उन्मूलन गर्नुपर्ने छुवाछूतको मुद्दालाई केही पुरातन र परम्परावादी सोचका मान्छेहरूले पालेर बसेका छन् । र, यसलाई परम्परादेखि नै मसलाको रूपमा प्रयोग गर्दै आइएको छ । तर, उनीहरू उल्टै विभेद विरुद्ध उर्लिएको अभियानलाई परम्परामाथि विभेद गरेको र जातीय दंगा भड्काउन मसलाको रूपमा प्रयोग गरेको भनेर केही हिन्दुवादी संगठनहरू त खुलेरै विरोधमा उत्रिएका छन् ।

काठमाडौंमा दलितले कोठा नपाउने आजको समस्या होइन । यो घटना नयाँ ढंगले उद्घाटित भएको मात्रै हो । रूपासँग सहने कि विद्रोह गर्ने भन्ने दुई विकल्प थियो । अन्याय सहने विकल्प उनले रोजिनन् । रूपाको यही रोजाइलाई समाजको संस्थापनले पचाउन सकेन । स्वयम् मन्त्रीले पीडकको पक्षमा खुलेर राज्यशक्तिको डण्डा बर्साए ।

यसले के प्रमाणित गर्छ भने हाम्रो समाजमा लामो समयदेखि जातीय र धार्मिक विभेद छ । यसलाई तोड्न समाजले निकै प्रसव वेदना झेलिरहेको छ । यसको ठूलो मारमा छन् दलित समुदाय । त्यसैले पहिलेको प्रत्यक्ष विभेदभन्दा वर्तमानमा देखिएको अप्रत्यक्ष विभेद अझ खतरनाक देखिएको छ । हरियो घाँसभित्रको हरियो सर्पले डसेजस्तै यतिबेला पनि विभेदका विषालु सर्पहरूले डसिरहेका छन् । र, दर्जनौंको संख्यामा ज्यान लिइरहेका छन् । यसकै परिणाम हो– रूपा सुनारहरू र लकडाउनमा विभिन्न कारणले मृत्युवरण गरेका नवराज विक, शम्भु सदा, विजय राम, अंगिरा पासी, त्रिभुवन राम, राजु सदा, राजेश ऋषिदेव, सुकदेव खंग, रोशन राम, मलर सदाहरू ।

यतिबेला विभेदको स्वरुप हेर्दा लाग्छ यसलाई फाल्न लामै समय खर्चिनुपर्नेछ । लामो समय लाग्छ भन्दैमा फेरि अभियन्ताहरूले बाटो बिराउने र पछि आफैं भइहाल्छ नि भनेर झन् पछाडि धकेल्ने होइन । नभए यो विभेदको शृङ्खला समय र परिस्थितिनुसार फरक–फरक स्वरूपमा सल्किरहने जात हो । विभेदको सबैभन्दा ठूलो कारण समाजमा जमीनदारी प्रथाले लामो समयदेखि गरीब–धनीबीच ठूलो खाडल बनायो । आर्थिक हैसियतले विभेदको निर्धारण गरिदियो । यसैकारण समाजमा शोषक र शाषित वर्ग देखिएका छन्, रहँदै आएका छन् । जमीनकै कारण यतिबेला सरस्वती प्रधानहरू सडकमा हस्ताक्षर अभियान चलाउने भन्दै हिंडेका छन् । उनीहरू भनिरहेका छन्– ‘विभेद हाम्रो रोजाइ होइन तर, विभेदको नाममा कसैले कसैको निजी सम्पत्तिमाथि दाबी गर्न पाउँदैन ।’ यो भनेको के हो ? जुनसुकै भाषामा, चाहे कडा होस् वा नरम, कसैमाथिको विभेदको हतियार चलाउन पाइँदैन । समाजमा विभेदको जरा गाड्ने कामले समृद्धिको सपना पूरा हुँदैन । समाजमा विभेद कायम राखेर विकासको गफ चुट्नुको कुनै तुक छैन ।

सरस्वती प्रधानले दाबी गरेको आफ्नो निजी सम्पत्ति कहाँबाट आयो ? प्राकृतिक सम्पत्ति कसरी प्रधानहरूको निजी सम्पत्ति भयो ? के सरस्वती प्रधानले आफ्नो गर्भबाट जन्माएकी हुन् यो सम्पत्ति ? यसमा राज्य पूरै दोषी छ । जबसम्म प्राकृतिक सम्पत्ति जल, जमीन र जंगल लगायत राष्ट्रियकरण हुँदैन वा समान रूपमा वितरण हुँदैन तबसम्म यस्ता विभेदहरूको अन्त्य सम्भव छैन । बरु यस्तै विभेदहरू भजाएर शासकहरू निरन्तर शासक भइराखेका हुन्छन् । विभेदको सिंढी चढेर शासकहरू सत्तामा पुग्छन् र यसलाई नै भजाएर टिक्न चाहन्छन् । समाजमा दलन थपेर आफू उच्च कुलमा बाँचिरहन्छन् ।

यसरी जातीय विभेद गरेकी घरबेटी सरस्वती प्रधानको निजी सम्पत्तिमा आफ्नो अधिकार खोज्न आएकी भनेर रूपा सुनारलाई न्याय दिनुको सट्टा फरक तरिकाबाट विभेदलाई तोडमोड गर्न खोजिएको देखिन्छ । काठमाडौंमा दलितले कोठा नपाउने आजको समस्या होइन । यो घटना नयाँ ढंगले उद्घाटित भएको मात्रै हो । रूपासँग सहने कि विद्रोह गर्ने भन्ने दुई विकल्प थियो । अन्याय सहने विकल्प उनले रोजिनन् । रूपाको यही रोजाइलाई समाजको संस्थापनले पचाउन सकेन । स्वयम् मन्त्रीले पीडकको पक्षमा खुलेर राज्यशक्तिको डण्डा बर्साए ।

छुवाछूतको पक्षमा उभिने काठमाडौंका नेवार समुदायका केही अगुवाहरूलाई म आफ्नो इतिहास पढ्न हार्दिकतापूर्वक आह्वान गर्छु । नेवार समुदायले इतिहासमा योभन्दा ठूला पीडाहरू भागेका छन् जति अहिले दलित समुदायले भोगिरहेका छन् । विभेदको बदला विभेद गरेर लिने होइन, न्याय दिएर महानता प्रदर्शन गर्ने हो । हामी अग्रगमनको पक्षमा उभिनुपर्छ । समाजलाई अगाडि हिंडाउनुपर्छ । पछाडि फर्काउने होइन ।

अर्को कुरा, संसारमा समयअनुसार प्रगतिशील चरित्र ग्रहण गर्दै परिमार्जन भएका धर्महरू नै टिकेका छन् । अन्धविश्वास र रुढिवादलाई कुनै पनि रूप र रंगमा जोगाउन छहारी दिएर हिन्दू धर्मको संरक्षण हुँदैन । यसका अग्रज र अभियन्ताहरूले यसलाई मनन् गर्न जरूरी छ । संसार धेरै अघि बढिसकेको छ । नयाँ पुस्ता संसार घुमिरहेको छ र बदलिइरहेको छ । नयाँ पुस्ता विस्तारै मानवीय धर्म र प्रकृतिलाई जोगाउने धर्ममा आफूलाई समर्पित गर्न चाहन्छन् । युगको यो बाटो भुल्ने धर्म र विश्वास लामो समय नरहन सक्छन् ।

त्यसैले म भन्छु– रूपा सुनारमाथिको विभेद कुनै एक जातिमाथिको विभेद मात्र होइन, यो त सिंगो दलित समुदायमाथिको विभेद हो र मानव सभ्यताको स्वाभाविक गतिलाई अवरोध गर्ने प्रयास हो । यो त सिंगो मानवजातिमाथिकै ठूलो कलंकको रुपमा रहेको विभेद हो । हाम्रा पुर्खाहरूले जबर्जस्त लादेको पशुवत् व्यवहार हो । यसको अन्त्य गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले विभेदविरुद्ध सामूहिक आवाज उठाऔं । काँधमा काँध, हातमा हात मिलाएर लडौं । विभेदको अन्त्यपछि मात्र विकास र समृद्धिको बाटो सहज हुनेछ ।-अनलाईन खबर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!