यदि तपाईं घर वा सम्पत्ति किन्ने योजना बनाउदै हुनुहुन्छ भने, अहिलेको मौसम अर्थात वर्षातको समय यसका लागि उपयुक्त हुनेछ।
वर्षा ऋतुमा घर र वरपरका क्षेत्रहरू अन्य दिनहरुमा जस्तो हुँदैन। यस मौसममा घर र सम्पत्ती राम्रोसँग परीक्षण गर्न सकिन्छ।
घरको बनावट मात्र होइन मजबुति पनि थाहा हुन्छ
घर बनावट वा सुन्दरताभन्दा घर कतिको बलियो छ भन्ने कुरा महत्वपूर्ण छ। यदि तपाईं वर्षा ऋतुमा सम्पत्ति खरीद गर्दै हुनुहुन्छ भने, तब वर्षाका कारण घरहरूमा निर्माण सामग्रीको गुणस्तरमा असर पर्न सक्छ। यदि त्यहाँ छत वा भित्ता, भुइँ, झ्याल, ढोका र विशेष गरी बाथरूममा ओस छ भने, यो किन्नको लागि राम्रो छैन भन्ने बुझ्नुपर्छ। त्यसैगरी, वर्षाको समयमा धेरै ठाउँहरुमा पानी भरिने सम्भावना हुन्छ। त्यसैले निकासीको व्यवस्था छ या छैन भन्ने पनि राम्रोसँग बुझ्न सकिन्छ।
सडकको वास्तविक अवस्था पनि थाहा हुन्छ
घर खरीद गर्दा वरपरका सुविधाहरू र पूर्वाधारहरूको लागि ध्यान दिइनु पर्दछ। झरीको मौसममा केहि सडकहरूमा पानी भरिने, ट्राफिक र बिजुली समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। मुख्यतयाः घरधनीले मुख्य रोड जोड्ने राम्रो सडकको व्यवस्था हुने धेरै प्रतिज्ञाहरू गरेका हुन्छन्, तर अधिकांश समयमा यस्तो केही पनि हुँदैन। यस मौसममा सडक असुविधाजनक वा जोखिमपूर्ण छैन भन्ने निश्चित पनि गर्न सक्नुहुन्छ। यी सुविधाहरू वर्षाको समयमा मात्र निरीक्षण गर्न सकिन्छ।
बिजुलीको समस्या बारे थाहा हुन्छ
पानी पर्दा बिजुली जाने समस्या हाम्रो लागि नौलो होइन। यहाँ केहि क्षेत्रहरू यस्ता पनि छन् जहाँ पानी गरेपछि घण्टौँसम्म बिजुली जान्छ। तपाईंले खरिद गर्न लाग्नु भएको घर भएको क्षेत्रमा यस्तो अवस्था छ कि छैन भन्ने निश्चय पनि वर्षातको मौसममा गर्न सकिन्छ। यदि बिजुली जान्छ भने पनि, त्यहाँ जेनरेटर वा ब्याट्रीको सुविधा छ कि छैन भन्ने प्रश्न गर्न सक्नुहुन्छ।
अहिले कारोनाका कारण घरजग्गाको खरिदबिक्री घटेको छ। यसका साथै अहिले बैंक तथा वित्तीय संस्थाहरुले पनि सस्तो ब्याजदरमा ‘होमलोन’ प्रदान गरिरहेका छन्। त्यसैले, यदि तपाई घर खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो उपयुक्त समय हुनसक्छ।
प्रतिक्रिया लेख्नुहोस्:-