काठमाडौंको मुलपानीमा गुडिरहेको ट्रिपर सडक छेउको टहरामा पल्टिँदा सुतिरहेका दम्पतीको मृत्यु भएको छ । गएराती बालुवा बोकेको ट्रिपर पल्टँदा टहरामा सुतिरहेका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्तीको ज्यान गएको हो ।
बा. ५ ख २५११ नम्बरको ट्रिपर खस्दा नुवाकोट घर भएका उनीहरुको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवत्ता सञ्जिव शर्माले बताउनुभएको छ । शर्माका अनुसार हाल ट्रिपर चालक गोविन्द घलान पक्राउ परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-