सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा रहेको एक बस्ती हो । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोशी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेका छन ।
यसै गरी सप्तरीको सप्तकोशी नगरपालिकाको केही वडाहरु डुबान हुदाँ करिब २ सय घरहरु डुबेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-