ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ।
सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।
ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ।
महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्रहरी पुगिसेको छ।
‘भारतीय नागरिकको शंकास्पद मृत्यु भएको देखिन्छ। दराज तोडफोड गरेको भेटिएको छ भने ओछ्यानमा रगत भेटिएको छ,’ उनले भनिन्, ‘घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।’
घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताइन्।
प्रतिक्रिया लेख्नुहोस्:-