बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किसान पदमा जागिर, तलब ३२ हजार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार २१, २०७८ ०९;४४ बिहान प्रकाशित
प्रतीकात्मक तस्बिर

प्रतीकात्मक तस्बिर

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हामीले धेरै क्षेत्रमा जागिर खुलेको सुनेका छौं, कतिमा आवेदन पनि दिएका छौं।

किसान पदमा पनि जागिर खुल्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ। विदेशमा सामान्य भए पनि हामीकहाँ किसान पद तोकेरै आवदेन माग्ने चलन छैन। व्यावसायिक घराना बतास फाउन्डेसनले भने हालै किसानका लागि जागिर खुलाएको छ।

कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिका, भयरचौरमा दुई सय रोपनी जग्गामा कृषि फार्म सञ्चालन गर्दैछ। सोही फार्मका लागि फाउन्डेसनले दस परिवार किसानको विज्ञापन खुलाएको हो।

फार्मभित्र विभिन्न जातजाति सहितको छुट्टै समाज निर्माण गर्न विज्ञापन नै खुलाइएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए। जसमा गन्धर्व तीन, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ/मगर, ब्राह्मण, क्षेत्री र नेवार एक/एक परिवारका लागि कोटा निर्धारण गरिएको छ।

अन्य जातजाति एक, गन्धर्व किन तीन?

संगीत आफैंमा औषधि हो। गन्धर्वहरूले सारंगी बजाउने भएकाले एक बिरामी हुँदा अर्कोले बजाउन सक्छन् भनेर तीन परिवार राखिएको उनी बताउँछन्।

फार्ममा काम गर्न जुनसुकै कुनाबाट ४५ वर्ष ननाघेका किसानले आवेदन दिन सक्नेछन्। आवेदन दिन किसानले ९८०१९३५७१० मा भक्त कार्कीलाई फोन गर्नुपर्ने आनन्दराजले जानकारी दिए।

उनका अनुसार त्यहाँ जागिर पाउन किसानी गरेको लामो अनुभव चाहिँदैन। एसएलसी पास नभएकालाई बढी प्राथमिकता दिइने छ।

‘हामीलाई धेरै पढेको चाहिँदैन। स्वास्थ्य र उसको बानीबेहोरा हेर्छौं,’ उनले मापदण्डबारे सुनाए, ‘रक्सी धेरै खाएर होहल्ला गर्न पाइँदैन। श्रीमान श्रीमतीबीच राम्रो सम्बन्ध हुनुपर्छ।’

आनन्दराजका अनुसार एक परिवार भन्नाले श्रीमान, श्रीमती र उनीहरूका छोराछोरी हुन्। फार्ममा काम भने आमाबाबुले मात्रै गर्ने हुन्। जागिर पाउने किसानलाई नियुक्ति पत्र दिइने छ। प्रत्येक परिवारले तलब र आवासीय सुविधा पाउनेछन्। किसानले घरबाट केही ल्याउन पर्दैन। फाउन्डेसनले नै आवश्यक घरायसी सामान जोहो समेत गरिदिने छ।

घरमा चाहिने ओढ्ने ओछ्याउनेदेखि फर्निचर, टिभी, फ्रिज, भान्सामा चाहिने सबै भाँडाकुँडा र काम गर्दा चाहिने सामानसहित मोबाइल सिम र ब्यालेन्स दिइने आनन्दराजले बताए।

उनका अनुसार एक परिवारलाई मासिक ३२ हजार रूपैयाँ तलब दिइने छ। यसबाहेक कम्पनीले उनीहरूलाई थप आयस्रोतको बाटो पनि खोलिदिएको छ। प्रति परिवार एक जर्सी गाई, दस जोडी चल्ला, दुई जोडी हाँस, दस बाख्रा, मौरी घार तीन, एक भोटे कुकुर, एक बिरोलो, पाँच जोडी परेवा, दैनिक तरकारी उत्पादनका लागि एक रोपनी र धान उत्पादनका लागि तीन रोपनी जग्गा बतास एग्रोले नै दिने छ।

यसबाट भएको ४० प्रतिशत मुनाफा भने किसानले कम्पनीलाई दिनुपर्नेछ।

‘उनीहरूलाई सबै व्यवस्था गरिदियो भने कतै जाँदैनन्,’ उनले भने, ‘यो मोडलमा काम गर्दा अर्को पुस्ताले पनि काम गर्न सक्छन्।’

किसानका लागि ५० मिटर परको दुरीमा किचन, बेडरूम र ट्वाइलेट-बाथरूम भएको घर बन्नेछ। सबै घर भूकम्प प्रतिरोधी ढुंगामाटोले बन्नेछन्। प्रत्येक घरमा गाइवस्तु राख्ने गोठ पनि हुनेछ। किसानलाई काम गर्ने समय भने छुट्याइएको छैन। उनीहरूले आफ्नो तरिकाले समयानुकूल काम गर्न सक्छन्।

किसानलाई मोटरसाइकल किन्न कम्पनीले ५० प्रतिशत लगानी गरिदिनेछ। बाँकी न्यूनतम ब्याजमा किस्ताबन्दी तथा बीमा सुविधा हुनेछ। साथै कृषक परिवारले सात लाख बराबरको दुर्घटना बीमा, तीन लाख बराबरको औषधि-उपचार बीमा तथा तीन लाख तीस हजार रूपैयाँ बराबरको प्राकृतिक विपद बीमा सुविधा पाउनेछन्।

आनन्दराजका अुनसार अहिले उक्त क्षेत्रमा कम्पाउन्ड घेर्ने, बाटो बनाउने, पोखरी, ट्यांकी र किसानको घर बनाउने काम भइरहेको छ। फार्ममा चार किलोमिटर पर रहेको खानेपानी मुहानबाट पानी व्यवस्था गरिएको छ। सिँचाइका लागि सोलार पावर राखिने छ। फार्म भित्रका घरका लागि बत्ती त्यसैले पुग्ने उनी बताउँछन्।

अटोमोबाइल्स, हाइड्रोलगायत क्षेत्रमा लगानी गरेको बतास फाउन्डेसनको कृषिमा यो पहिलो लगानी हो। किसानको हितका लागि कृषिमा लागेको आनन्दराज बताउँछन्। फार्ममा पर्माकल्चर (मिश्रित बोटबिरूवाहरूको खेती) विधिबाट कृषि गरिने छ।

अहिले फार्ममा अगरउडको दस हजार बिरूवा लगाइएको छ। यो बिरूवा बिक्री योग्य हुन १२ देखि १४ वर्ष लाग्छ। यसको आकार र गुणस्तर अनुसार प्रति रूख २५ लाखदेखि एक करोडसम्म पर्ने उनले बताए। अगरउडको रूख अत्तर निकाल्न प्रयोग गरिन्छ। उक्त रूख अत्तर उत्पादन गर्ने देशलाई निर्यात गर्ने उनको योजना छ।

‘यहाँ यो कसैले गरेका छैनन्, पहिलो पटक हो। सफल हुन्छ कि हुँदैन, थाहा छैन,’ उनले भने, ‘मैले जोखिम लिएर काम गरे भनेँ पछि अरूले पनि लगाउन सक्छन् नि।’

जग्गाको बीचमा खोल्सा भएकाले त्यसको छेउछेउमा बाँस लगाइने छ। दुई सय प्रजातिका बाँस रोपेर विभिन्न सामान बनाइ बिक्री गर्ने योजना हो।

त्यस्तै संसारभर पाइने विभिन्न प्रजातिका फलफूल पनि यहाँ हुनेछ।

‘फलफूलको सानो संग्रहालय बनाउने योजना छ। केही बिरूवा आइसकेको छ केही बन्दले गर्दा पाएको छैन। आएपछि रोप्ने काम सुरू हुन्छ,’ उनले भने, ‘हामी फलफूलबाट जाम बनाएर बेच्नेछौं।’

फार्ममा निर्यात हुने वस्तुलाई बढी जोड दिइने उनले बताए।

‘मैले कृषिबाट अर्बको सपना देखेको छैन। आनन्दको सपना देखेको हो। किसान धनी हुन्छन्, म गरिब हुन्न,’ उनले भने।-सेतोपाटि

यो पनि पढ्नु होस्

  • Batas Agro Agriculture Company Job Vacancy For Whole Family

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!