सुजीता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।
भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जनाइएको छ ।
यो पनि पढ्नु होस्
प्रतिक्रिया लेख्नुहोस्:-