बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाको ओहायो राज्यका दुई शहरबाट डा.पुनलाई उच्च सम्मान (पत्र र तस्वीरसहित)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार २४, २०७८ ०१;५१ बिहान प्रकाशित
अमेरिकाको ओहायो राज्यका दुई शहरबाट डा.पुनलाई उच्च सम्मान (पत्र र तस्वीरसहित)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

ओहायो, अमेरिका। अमेरिकाको ओहायो राज्यका दुई शहरका मेयरहरुले नेपाली बैज्ञानिक डा.महाविर पुनलाई सम्मान गरेका छन्। आफ्नो शहरका तर्फबाट प्रोक्लामेसन पत्र हस्तान्तरण गर्दै दुई मेयरहरुले सामाजिक कार्यमा डा.पुनको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्। उनीहरु दुबैले जुलाई ६ तारिकमा छुट्टा छुट्टै कार्यक्रममा आआफ्नोतर्फबाट सम्मानपत्र हस्तान्तरण गरेका थिए।

डा.पुनको संधर्षमय जीवनको बारेमा समेत उल्लेख गर्दै ओहायो राज्यको पहिलो राजधानी शहर सिटी अफ चिलिकाथीका मेयर ल्युक एम फिनीले सम्मानपत्रमा लेखेका छन्, ‘म चिलिकाथी शहरको मेयर ल्युक एम फिनी डा.महाविर पुनका असाधारण उपलब्धीहरुले नेपाली समुदायमा गरेको उल्लेख्य कामले नेपालमा र अमेरिकामा समेत उत्प्रेरण जगाउने कार्य गरेकोले सम्मान व्यक्त गर्दछु ।’

(हेर्नुहोस् सम्मानपत्र)

मेयर फिनीले डा.पुनलाई आफ्नै कार्यकक्षमा निम्तो गरी सो सम्मानपत्र हस्तान्तरण गरेको ओहायोको नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका डा.दामोदर पौडेलले डिसी नेपाललाई बताए।

डा. पौडेलका अनुसार, फिनीको सम्मान समारोहमा उनीलगायत अमेरिका नेपाल मेडिकल फाउण्डेसनका अध्यक्ष डा.भूपेन्द्र खड्का र डा.सञ्जु महतो पनि निम्त्याइएका थिए।

त्यसैगरी ओहायोकै अर्को शहर सिटी अफ रेनोल्ड्स्वर्गका मेयर जो वेगिनीले सम्मान गर्दै लेखेका छन्, ‘म सिटी अफ रेनोल्ड्स्वर्गको मेयर जो वेगिनी डा. पुनले नेपाली नागरिकहरुको जीवनस्तर उकास्न अनवरतरुपमा प्रतिबद्धताका साथ गरेका कार्यको कार्यहरुको उच्च प्रसंसा गर्दै सलामका साथ सम्मान गर्न चाहान्छु ।’ आफ्नो सम्मानपत्रमा उनले डा.पुनका योगदानहरुको विवरणसमेत उल्लेख गरेका छन्।

(हेर्नुहोस् पत्र)

डा.दामोदर पौडेलले नेतृत्व गरेको सेन्ट्रल ओहायो नेपाली एसोसिएसन(कोना) र मोहन न्यौपाने नेतृत्वको एनआरएनए ओहायो च्याप्टरको संयुक्त आयोजनामा नेपालीहरु र नेपाली भाषी भुटानी अमेरिकनहरुको भव्य उपस्थितिमा सम्पन्न एक कार्यक्रममा मेयर बेगिनीले सो सम्मानपत्र डा.पुनलाई हस्तान्तरण गरेका थिए।

जुलाई ६ तारिकका दिन सम्पन्न सो कार्यक्रममा नेपालीहरुलाई सुख दुखमा अटुटरुपले साथ दिँदै आएको र कोभिड महामारीमा नेपालका लागि मेडिकल सामग्री अमेरिकाबाट पठाउन लाविंग गरेको, आर्थिक संकलन गरी आपतकालीन उद्दारका लागि नेपाल पठाउन योगदान दिएको भन्दै कोनाले नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याललाई पनि सोही कार्यक्रममा सम्मान गरेको थियो।

रेनोल्ड्स्बर्ग शहरको सिटी काउन्सिलमा निर्वाचित काउन्सिल म्यानसमेत रहेका प्याकुर्याललाई ‘गोइङ अभाेव  एण्ड बियोण्ड’ अवार्डबाट सम्मानित गरिएको थियो। त्यसैगरी कोनाको तर्फबाट डा.पुनलाई सेन्टर अफ एक्सिलेन्स अवार्डले सम्मानित गरिएको थियो।

नेपाली र नेपालीभाषी भुटानी अमेरिकी समुदायलाई संबोधन गर्दै डा.पुनले आफू फण्ड रेजिङका लागि अमेरिका नआएको बरु नेपाली र नेपाली भाषी समुदायको मन रेजिङका लागि आएको बताउंदै नेपालमा बैज्ञानिक अनुसन्धानको संस्कृति निर्माण गर्ने आफ्नो अथक प्रयास रहेको जानकारी दिएका थिए।

ओहायोका यी दुई शहरबाट सम्मानित हुनुअघि डा.पुनलाई नेपालीभाषी भुटानी अमेरिकी समुदायले निर्माण गरेको लक्ष्मीनारायण मन्दिरमा दर्शनका लागि लगिएको थियो। काउन्सिलम्यान भुवन प्याकुर्यालको व्यबस्थापनमा डा.पुनले मन्दिरमा पूजा अर्चना गरेका थिए।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!