आज – २८ आषाढ २०७८ सोमवार को राशिफल
आज वि.सं.२०७८ साल असार २८ गते, साेमबार । सन् २०२१ जुलाइ १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । गृष्म ऋतु । असार शुक्ल पक्ष । त्रितीया तिथी । चन्द्रमा सिंह राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १२ र सूर्यास्त बेलुकी ७:४ मिनेटमा।
मेष
![]()
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
मिथुन
![]()
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।
सिंह
![]()
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।
तुला
![]()
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
धनु
![]()
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर शेयर बजारको लगानीले राम्रो प्रतिफल दिन सक्छ ।
कुम्भ
![]()
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
बृष
![]()
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ धर्मकर्म, परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाला । शेयर बजारको लगानी राम्रै हुनेछ ।
कर्कट
![]()
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
कन्या
![]()
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
बृश्चिक
![]()
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मकर
![]()
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
मीन
![]()
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।












प्रतिक्रिया लेख्नुहोस्:-