बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारी एजेण्टका हजुरबुवाको हत्या आरोपित पाँच जना पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ५, २०७८ ०९;१२ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राजविराज : वैदेशिक रोजगारीमा भएको ठगीका कारण एजेण्टका हजुरबुवाको हत्या गर्ने आरोपितहरुलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय.ईजराईल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँ रहेको सप्तरी प्रहरीले जनाएको छ। आरोपितमध्ये अख्तर मियाँ फरार रहेका छन्।

वैदेशिक रोजगारीमा पठाउने एजेण्ट सनाबुलका मामाली हजुरबुवा खडक नगरपालिका–९ लालपट्टीका ७० वर्षीय दाउद मियाँको गत शुक्रबार उनकै घरमा हत्या भएको थियो।
पीडित पक्षले शुक्रबार नै ६ जना आरोपित विरुद्ध उजुरी दिए। इन्स्पेक्टर साहका अनुसार सबै जना फरार भएकाले खोजीकार्य र अनुसन्धान भइरहेको छ। स्थानीय फत्तेह मोहम्मद भन्छन्–’बाटो सुगम भएको भए, समयमै इन्स्पेक्टरसहितको टोली आइ पुग्थ्यो र हत्या हुनबाट रोक्न्थ्यिो होला।‘

घटना पछि फरार आरोपितहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय कल्याणपुर, ईलाका प्रहरी कडरबोना र ईलाका प्रहरी भेडियाबाट खटिएको टोलीले बिशेष सुराकहरुको आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाएको छ।

घटना कसरी भयो ?
राजविराज-९ मलेठ जगदरीका सनाबुल वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्छन्। स्थानीय फत्तेह मोहम्मदका अनुसार उनीमार्फत भिजिट भिसामा लालपट्टीका ईजराईल मियाँका छोरा इजहारुल र जाकिरका छोरा आविद ६ महिना अघि दुबई पुगेका थिए। सनाबुलले भनेको ठाउँमा दुई जनाले उपयुक्त काम नपाएपछि घरपरिवारले ऋणकर्जा गरेर अन्य ठाउँमा काम खोजे। काम नपाएपछि दुबई पुगेका युवाहरुको परिवारले सनाबुलसँग पटक–पटक पैसा फिर्ता मागे। तर एजेन्ट सनाबुलले पैसा फिर्ता नगरेपछि रिसइवी बढदै गयो।

बिहीबार राति सनाबुल लालपट्टीस्थित मामाघर आएको गाउँलेहरुले थाहा पाए। त्यसपछि पैसा फिर्ता मागेपछि विवाद चर्कदै गयो। विवाद बढेपछि गाउँकै अख्तरले आफूलाई जानकारी गराएको सो वडाका वडा अध्यक्ष इजहारुल मियाँले बताए। वडा अध्यक्ष इजहारुलका अनुसार नगरपालिकाको असार मसान्तको काममा सबै जना व्यस्त रहेकाले तत्काल पुग्न सकिएन। उनले झगडा नगर्न र छलफल गरेर समस्या समाधान गर्नुपर्छ भन्दै तत्काल प्रहरी पठाइरहेको भनेर गाउँलेहरुलाई आश्वस्त पारे। उनले इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाप्रसाद साहलाई सम्भावित घटनाबारे जानकारी गराउँदै सहयोग मागे।

प्रहरीको सवारी साधन वडा नम्बर ७ स्थित बाटोमै हिलोले फँसेपछि अगाडि बढन सकेन। त्यसपछि इन्स्पेक्टर साहले एउटा मोटरसाइकलमा दुई जना प्रहरीलाई घटनास्थल पठाए। रात परेकोले अन्धकार बढदै गएको थियो। घटनास्थलबाट प्रहरीले झगडाका मुख्य कारक सनाबुललाई प्रहरी कार्यालय ल्याउन खोज्यो। प्रहरीले दुबै पक्षका दुई/दुई जना प्रहरी कार्यालय आउनु भनेर सनाबुललाई मोटरसाइकलको बीचमा राखेर लैजान थाले। सनाबुल चढेर आएको मोटरसाइकल भन्दै गाउँलेले नियन्त्रणमा लिन खोज्यो। सनाबुलका मामाहरुले आफ्नो मोटरसाइकल भएको दावी गर्दै लैजानबाट रोके। पुनः विवाद बढेपछि कुटपिट हुन थाल्यो। दुई जना प्रहरीले छुटाउन खोज्दा उनीहरुलाई पनि धक्कामुक्की लाग्यो। त्यसै बीचमा भिंडबाट कसैले लाठी प्रहार गर्दा दाउदको टाउकोमा लाग्यो। रक्ताम्य भएर उनी धरमराएर लडे। गाउँलेहरु भागाभाग भए।

सवारी साधन हिलोमा फँसेका कारण इन्स्पेक्टर साह घटनापछि पुगे। वडा अध्यक्ष इजहारुल पनि घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि पठाए। कल्याणपुरमा उपचारहुन नसकी राजविराज पठाइएका दाउदको राजविराजस्थित छिन्नमस्ता अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे। उनको शुक्रबार राजविराजमा पोस्टमार्टम गरिएको हो। –अन्नपूर्ण

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!