झन्डै तीन महिनापछि सरकारले लामो दुरीका सार्वजनिक यातायात सञ्चालन अनुमति दिएको छ । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृहको निर्देशन अनुसार लामो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिएको हो ।
बिहीबार गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई लामो दुरीको सवारी सञ्चालन सहजीकरण गर्न भने पछि जिल्ला प्रशासनले शुक्रबार सुचना जारी गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो। सूचना अनुसार यात्रुलाई अनिवार्य टिकट काटेर मात्रै यात्रा गराउन अनुरोध गरेको छ ।
काठमाडौं जिल्लाका सिडिओ कालिप्रसाद पराजुलिले भोलिदेखि नै खुल्ने गरी लामो दुरीका सवारीलाई अनुमाति दिएको जानकारी दिए । उनका अनुसार यातायात व्यवसायीले साउन ९ गते देखिनै गाडी सञ्चालन गर्न पाउने छन ।












प्रतिक्रिया लेख्नुहोस्:-