बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन १८, २०७८ ११;२३ बिहान प्रकाशित
भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झापा । समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।

मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल गर्‍यो । यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सीसी क्यामेरा, चेन्जिङ रुम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताए ।

“कोरोना सङ्क्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो”, क्याम्पस प्रमुख उप्रेतीले भने, “त्यसकारण हामीले क्याम्पसलाई पूरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम गर्‍यौँ ।” हाल शिक्षकहरुले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएको उनको भनाइ छ ।

क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पुर्‍याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकहरुलाई जनही रु ३० हजार अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैँले व्यहोरेका छन् ।

ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि एक जना प्राविधिक विज्ञसमेत क्याम्पसले नियुक्त गरिसकेको छ ।

हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् ।

कतिपय क्याम्पसहरुमा पढाई नभई परीक्षामा सामेल हुनुपरेको गुनासो आउने गरेका बेला काँकडभिट्टा बहुमुखी क्याम्पसले अनलाइन पढाउन तालिम र ल्यापटपसमेत दिएर शिक्षकहरुको हौसला बढाएको शिक्षक चक्र बानियाँले बताए ।

क्याम्पसका प्रविधि विज्ञ सुजन प्रधानका अनुसार पठनपाठनका लागि शिक्षक तथा विद्यार्थी दुबै पक्षलाई सुविधाजनक होस् भनेर जुमको नयाँ फिचर ‘रुम ब्रेक आउट टेक्नोलोजी’ अवलम्बन गरिएको बताए ।

यो प्रणालीअनुसार कक्षा सञ्चालन हुनु अघि शिक्षक तथा विद्यार्थी प्रतीक्षा कक्ष (वेइटिङ रुम) मा जुममार्फत प्रवेश गर्छन् । त्यसपछि प्रविधि संयोजनकर्ताले विषयअनुसार शिक्षक र विद्यार्थीलाई अलग अलग भर्चुअल कक्षामा लैजान्छन् ।

क्याम्पसमा हाल बीबीएस र बीएडको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको प्रविधि सिकाइलाई भविष्यमा भौतिक कक्षा सञ्चालनका बेला स्मार्ट कक्षामा रुपान्तरण गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख उप्रेतीको भनाइ छ ।

“कुनै दिन कोरोना महामारी सकिएला, त्यसबेला हामी फेरि भौतिक कक्षामा फर्किनेछौँ,” क्याम्पसको भावी योजना सुनाउँदै उप्रेती भन्छन्,“त्यसबेला हाम्रा शिक्षकहरु कक्षाकोठामा जाँदा चक र डस्टर बोकेर जानुहुने छैन । ल्यापटप बोकेर पढाउने प्रविधिमा हामी पोख्त भइसकेका हुनेछौँ ।”

क्याम्पसले हाल सञ्चालनमा ल्याएको इ–लाइब्रेरीमा ४० वटा कम्प्युटर पुर्‍याउने र हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छ । सामुदायिक क्याम्पस भएकाले मेचीनगर नगरपालिकाले वार्षिक रु पाँच लाख र विश्वविद्यालय अनुदान आयोगले वार्षिक रु सात लाख ५० हजार अनुदान दिने गरेको छ । यसबाहेक समुदायबाट समेत क्याम्पसले सहयोग लिने गरेको छ ।

कोरोनाको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा क्याम्पसको पठनपाठन प्रक्रियालाई अघि बढाउन अझै थुप्रै योजना क्याम्पससँग रहेको र आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए ।यो समाचार डिसी नेपाल मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!