काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । कोभिड-१९ का कारण नियमित एसईई परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक हुन लागेकाे हाे ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक हुने अनलाइन माध्ययमको बारेमा जानकारी सार्वजनिक गरेको छ । बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ ।
एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ ।
जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।
यस अलावा विद्यार्थीले
- www.see.gov.np
- www.neb.gov.np
- see.ntc.net.np
- www.see.ncell.axiata.com
- www.see.edusanjal.com
- www.nepaltvonline.com
- www.results.ekantipur.com
मार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-