सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौनामा ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको ज्यान गएको हो । ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गर्दा गिरीलाई ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।
ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-