बैदेशिक पोष्ट
२०८३ बैशाख ३, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महात्मा गान्धी​ र उनको जीवनशैली

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन २६, २०७८ १४;१० मध्यान्ह प्रकाशित
महात्मा गान्धी​ र उनको जीवनशैली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

महात्मा गान्धीको नाम नसुन्ने कमै हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै सत्य र अहिंसा हो । यसैका कारण साम्राज्यवादी ब्रिटिस सरकार घुँडा टेक्न बाध्य भएको थियो । भारतीय स्वतन्त्रता सङ्ग्राममा दुई किसिमका स्वतन्त्रता सेनानी देखिन्छन् । एकथरी इँटाको जबाफ पत्थर दिनुपर्छ भन्ने खालका छन्, जसको नेतृत्व चन्द्रशेखर आजाद र सरदार भगतसिंह आदिले गरेका थिए । अर्काथरि अहिंसात्मक आन्दोलनबाटै भारतलाई स्वतन्त्र गराउन सकिन्छ भन्ने खालका छन्, जसको नेतृत्व गान्धीजीले गरेका थिए ।

सन् १८६९ अक्टुबर २ मा जन्मेका गान्धीको पूरा नाम मोहनदास करमचन्द गान्धी हो । उनको जन्म गुजराँतको पोरबन्दर भन्ने स्थानमा भएको थियो । बाबु करमचन्द गान्धी यसै क्षेत्रका दिवान थिए । आमा पुतलीबाई धार्मिक प्रकृतिकी गृहिणी थिइन् । उनी उच्च शिक्षा हासिल गरेपछि थप अध्ययनका लागि केही समय लन्डन गएका थिए । उताबाट फर्केपछि कानुनी विवाद समाधान गर्ने क्रममा दक्षिण अफ्रिका पुगे । यहाँ रहँदा सत्य र निष्ठाका लागि थुप्रै लडेका थिए, अन्याय अत्याचारविरुद्ध असहयोग आन्दोलन चलाएका थिए । स्वदेश फर्केपछि पनि उनले सोही कामलाई निरन्तरता दिए ।

गान्धीजीका जीवन आन्दोलनमै बितेको छ । लाग्छ, उनी आन्दोलनकै लागि जन्मेका थिए । आन्दोलन पनि त्यस्तो आन्दोलन, सत्य, निष्ठा र अहिंसाको आन्दोलन । तिनमा सन् १९२० को असहयोग आन्दोलन, १९३० को अवज्ञा आन्दोलन र १९४२ को भारत छोडो आन्दोलन मुख्य मानिन्छन् । यसबाहेक पनि थुप्रै आन्दोलनमा सहभागी भएका छन्, जो क्षेत्रीय र प्रान्तीय किसिमका थिए ।

गान्धीजीले भारत स्वतन्त्र गर्ने सर्तमा प्रथम विश्वयुद्धमा ब्रिटिस सरकारलाई समर्थन गरेका थिए तर पछि सरकार यसमा आनाकानी गर्न थाल्यो । फलतः उनी आन्दोलन सुरु गर्न बाध्य भए । ठाउँ ठाउँमा नारा, भाषण, जुलुुस, आमसभा हुन थाल्यो । आन्दोलन चर्कंदै गयो, सरकारले दमन बढाउँदै लग्यो । यस्तैमा एक दिन पञ्जावको अमृतसर नजिक जालियावाला बागमा विशाल शान्ति सभा आयोजना गरिएको थियो, जसलाई सरकारले निर्ममतापूर्वक दबायो, सयौँ मरे, हजारौँ घाइते भए । यसको विरुद्धमा गान्धीले देशव्यापी असहयोग आन्दोलन चलाए । सन् १९२० देखि १९२२ सम्म चलेको यस आन्दोलनमा आन्दोलनकारीहरूले पुलिस चौकीमाथि आक्रमण गरी २२ जना सैनिकको हत्या गरिदिए । त्यसपछि गान्धीजी आनदोलन फिर्ता लिन बाध्य भए । कारण उनी आन्दोलन अहिंसात्मक हुनुपर्छ भन्ने पक्षमा थिए । यसैलाई सन् १९२० को आन्दोलन भनिन्छ ।

सन् १९३० को आन्दोलनको कथा बेग्लै छ । अङ्ग्रेज सरकारले आफूखुसी कानुन बनाई भारतीयहरूमाथि थोपर्ने नीति लिएको थियो । यस्तैमा एउटा नुनसम्बन्धी कानुन पनि थियो । यसअनुसार सरकारबाहेक अरूले नुन बनाउन पाइँदैन भन्ने थियो । गान्धीले यसको विरोध गरे । यस निम्ति गुजराँतको सावरमती आश्रमदेखि दान्डी भन्ने स्थानसम्म पैदल यात्रा गरेका थिए । ३९० किलोमिटर दूरीको यो यात्रा पूरा गर्न उनलाई २४ दिन लागेको थियो । दान्डीमा पुगेर आफैँले नुन बनाए, अरूलाई पनि बनाउन लगाए । फलतः गान्धीसहित उनका अनुयायी पक्राउमा परे । यतिबेला ८० हजारभन्दा बढी आन्दोलनकारी पक्राउ परेको अनुमान गरिएको छ । यसको विरोधमा देशव्यापी आन्दोलन चर्कियो । फलतः सरकार उनलाई छाड्न बाध्य भयो । यही आन्दोलनलाई १९३० को आन्दोलन भनिन्छ ।

सन् १९४२ को आन्दोलन अगस्ट महिनाबाट सुरु भएको थियो, जुन सर्वाधिक उपयोगी र चुनौतीपूर्ण मानिएको छ । यद्यपि विभिन्न कारणवश आन्दोलन त्यति लामो समयसम्म टिकेन । तथापि स्वतन्त्रताको जग बसाउने काम भने यही आन्दोलनले गरेको हो । आन्दोलन खासै सफल नभए पनि अङ्ग्रेज सरकारलाई अब यहाँ टिक्न सकिन्न भन्ने सन्देश यसै आन्दोलनले दिएको हो ।

हिन्दू मुस्लिम एकाता निम्ति जोड दिने गान्धीजी छुवाछूत विरोधी थिए । यस निम्ति उनले अभियान नै चलाएका थिए । त्यतिबेलाको भारतमा यस्तो आवाज उठाउनु चानचुने कुरा थिए तर उनी अभियानमा डटेर लागे, आजीवन लागि नै रहे । कथित तल्लो जाति र पिछडा वर्गलाई हरिजन भन्थे । यही नामलाई नै अघि बढाए । उनका योगदानलाई कदर गर्दै भारतीय समाजले उनलाई राष्ट्रपिताको संज्ञा दिएको थियो । आज पनि भारतीयहरू उनलाई बाबुजी भन्न पाउँदा गौरवको अनुभूति गर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!